२५ आश्विन २०८१ शुक्रबार
image/svg+xml
समाज

पोखरा स्कुल बस दुर्घटनाः कार्यालय सहयोगी र उनका ५ वर्षीय छोराको मृत्यु

पोखरामा स्कुल बस दुर्घटनामा परी २ जनाको मृत्यु भएको छ। अन्य २८ जना घाइते भएका छन्।

मृत्यु हुनेमा एलपी देवकोटा मेमोरियल विद्यालयकी कार्यालय सहयोगी ३३ वर्षीया आरती विक र उनका अन्दाजी ५ वर्षीय छोरा प्रिन्स विक रहेका छन्। प्रिन्सको उपचारको क्रममा गण्डकी मेडिकल कलेजमा मृत्यु भएको हो।

पोखराको एलपी देवकोटा मेमोरियल स्कूलको बस आज बिहान विद्यार्थी लिएर पोखरा–२१ रामदीबाट बिरौटा फर्कने क्रममा दुर्घटनामा परेको थियो।

घाइते विद्यार्थी तथा चालकको उद्धार गरेर उपचारका लागि अस्पताल पठाइएको पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले जानकारी दिए।

घाइते मध्ये १४ जनाको गण्डकी मेडिकल कलेज पृथ्वीचोक, १२ जनाको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल र अन्य २ जनाको मणिपाल शिक्षण अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

प्रहरीको प्रारम्भिक अनुमान अनुसार बसको ब्रेक फेल भएर दुर्घटना भएको हुन सक्छ।

बस सडकको डिलबाट ५० मिटर तल पल्टिएको हो।

प्रकाशित: १४ श्रावण २०८१ ११:१० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App