३ आश्विन २०८१ बिहीबार
image/svg+xml
समाज

सिमलताल दुर्घटना: बस खोजी गर्ने क्रममा हराएको चुम्बक भेटियो

सिमलताल दुर्घटनामा बेपत्ता बस खोजी गर्ने क्रममा हराएको भारतीय टोलीको चुम्बक फेला परेको छ।

गत असार २८ गते वीरगञ्जबाट काठमाडौंतर्फ आउँदै गरेको बागमती प्रदेश ०३–००६ ख १५१६ नम्बरको एन्जल डिलक्स र काठमाडौंबाट गौरतर्फ जाँदै गरेको बागमती प्रदेश ०३–२४९५ ख ००१ नम्बरको गणपति डिलक्स बस चितवनको सिमलतालमा पहिरोसँगै  त्रिशूली नदीमा बेपत्ता भएको थियो।

हराइरहेको बस खोज्न भारतीय टोली चितवन पुगेको थियो। उनीहरूले बस खोज्नका लागि १९ र १४ किलोका २ वटा चुम्बक ल्याएका थिए। जसमध्ये शनिवार बस खोज्ने क्रममा १९ किलोको चुम्बक हराएको थियो। उक्त चुम्बक आइतवार काभ्रेघाटस्थित नारायणी नदीमा फेला परेको हो। चुम्बकसँगै लाइफ ब्वाइ ट्युब पनि फेला परेको छ।

बस खोजी गर्नका लागि नेपाल आएको भारतीय टोली आइतवार नै फर्किसकेका छन्। उनीहरूले त्रिशूली नदीमा पानीको बहास उच्च रहेकाले बस खोज्न नसकेको बताए।

दुबै बसमा गरी ६५ जना यात्रु सवार थिए। तीमध्ये ३ जनाले ज्यान जोगाएका थिए भने अन्य ६२ जना यात्रु बससँगै नदीमा बेपत्ता भएका थिए। दुर्घटना लगतै बस र बसमा सवार यात्रुको खोजी कार्य सुरु गरिएकोमा हालसम्म २४ जनाको मात्रै शव फेला परेको छ। ती मध्ये १९ जना यात्रुको सनाखत भइसकेका छ भने पाँच वटा शवको अझै पहिचान हुन सकेको छैन। 

प्रकाशित: १४ श्रावण २०८१ ०८:३७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App