५ आश्विन २०८१ शनिबार
image/svg+xml
समाज

पर्सामा बढ्दै सवारी दुर्घटना, एक वर्षमा ५१ जनाको मृत्यु

आर्थिक वर्ष २०८०/८१ मा सवारी दुर्घटनामा परेर  पर्सामा ५१ जनाले ज्यान गुमाएका छन्। गत आवमा ४३ पुरुष, साता महिला र एकजना बालिकाको ज्यान गएको हो।  

जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रहरी निरीक्षक भाष्कर खतिवडाले पर्सामा सवारी दुर्घटनामा परेर ज्यान गुमाउनेको सङ्ख्या अघिल्लो आवको तुलनामा आव २०८०/८१ मा एकतिहाइले बढेको बताए।  

आव २०७९/८० मा भने २९ पुरुष, पाँच–पाँचजना महिला र बालकको गरी ३९ जनाको ज्यान गएको थियो।

प्रहरी निरीक्षक खतिवडा अघिल्लो आवको तुलनामा गत आवमा सवारी दुर्घटना सङ्ख्या पनि बढेको बताए। आव २०८०/८१ मा सात सय ९६ र आव २०७९/८० मा भने चार सय ९८  सवारी दुर्घटना भएका थिए। रासस

प्रकाशित: १३ श्रावण २०८१ ०६:५४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App