२ कार्तिक २०८१ शुक्रबार
image/svg+xml
समाज

तिनाउ नदिमा डुबेर दुई बालको मृत्यु

बुटवलको तिनाउ नदिमा डुबेर दुई बालकको मृत्यु भएको छ।

तिनाउ नदिमा पौडी खेल्ने क्रममा डुबेर बागलुङ घर भएका १२ वर्षीय बालक विवश खत्री र सैनामैना नगरपालिका बस्ने ८ वर्षीय बिप्रन पाण्डेको मृत्यु भएको प्रहरीले जनाएको छ।

बुटवल उपमहानगरपालिका–११ श्रीजनानगरमा आफन्तको घरमा आएका बेला पौडी खेल्न जाँदा उनीहरूलाई नदिले बगाएको थियो। स्थानीयका अनुसार शुक्रबार साँझपख तीन जना बालक पौडी खेल्न भन्दै घरबाट निस्किएका थिए। पौडी खेल्ने क्रममा २ जनालाई खोलाले बगाएपछि सँगै गएका अर्का बालकले आफन्तलाई खबर गरेका थिए।

तत्कालै स्थानीयले खोजतलास गर्दा विवशलाई पौडी खेलेको स्थान भन्दा केही तल नदी किनारमा मृत अवस्थामा फेला पारेका थिए। विवश बागलुङबाट आफ्नी सानी आमाको घरमा हिजो मात्र आएका थिए।

बिप्रनको शव आज फेला परेको हो। खोजतलास गर्ने क्रममा आज बिहान तिलोत्तमा नगरपालिकाको गोरकट्टा स्थित तिनाउ किनारमा बिप्रनको शव फेला पारेको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख डिएसपी विजयराज पण्डितले जानकारी दिए।

शुक्रबार साँझबाटै नदिमा बेपत्ता बालकको खोजी गरेपनि फेला नसकेपछि शनिबार पुनः बिहानै देखि खोजी गरिएको डिएसपी पण्डितले बताए।

दुवै बालकहरू दिदी बहिनीका छोराहरू भएको प्रहरीले बताएको छ।

प्रकाशित: १२ श्रावण २०८१ १४:५१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App