७ मंसिर २०८१ शुक्रबार
image/svg+xml
समाज

सौर्य जहाज दुर्घटनाः घाइते पाइलट शाक्यको दिमागको एमआरआई हुँदै, बोल्न सक्ने अवस्थामा

सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा घाइते भएका पाइलट मनिषरत्न शाक्यको दिमागमा देखिएको दागसम्बन्धमा चिकित्सकले अनुसन्धान सुरु गरेका छन्।

शरीरका विभिन्न ठाउँमा लागेको चोट र ढाडको दुई ठाउँमा भाँचिएको हड्डीले भने गम्भीर समस्या नदिने भएपनि दिमागमा देखिएको दाग के कारणले भएको भन्नेबारे अनुसन्धान सुरु भएको उपचारमा संलग्न चिकित्सकको भनाइ छ। बुधबार बिहान भएको जहाज दुर्घटनामा गम्भीर घाइते भएका पाइलट शाक्यको सिनामंगलस्थित केएमसी अस्पतालमा उपचार भइरहेको छ।

दिमागमा देखिएको दागसम्बन्धमा एमआरआई गरेपछि मात्र केही भन्न सकिने न्युरो सर्जन डा।अमित थापाले बताए। एमआरआई बिहीबार नै गर्ने उनको भनाइ छ।

पाइलट मनिषरत्न शाक्यको स्वास्थ्य अवस्थामा बुधबारको तुलनामा बिहीबार केही सुधार देखिएको र  ‘खतरामुक्त’ भई बोल्न सक्ने अवस्थामा रहेका छन्। उनी झोलिलो पदार्थ खान सक्ने अवस्थामा पुगेका छन्।

विमानमा आगलागी भएपनि उनीमा कुनै जलन नदेखिएको तर भित्रि चोटहरु भने प्रसस्तै रहेको अस्पताल स्रोतको भनाइ छ।  

विमानमा आगलागी भएपनि उनीमा कुनै जलन नदेखिएको तर भित्रि चोटहरु भने प्रसस्तै रहेको अस्पताल स्रोतको भनाइ छ। ढाडका भाँचिएका हड्डीको शल्यक्रिया गर्ने तयारी अस्पतालको छ। न्युरो सर्जरी आइसियुमा उपचाररत उनलाई कसैलाई भेट्न भने दिइएको छैन।

मर्मतका लागि भन्दै पोखरा विमानस्थलका लागि उडेको सौर्य  एयरलाइन्सको जहाज त्रिभुवन विमानस्थलको रनवे छाड्ने बित्तिकै भुईमा बजारिएको थियो। दुर्घटनामा विमानमा सवार १९ मध्ये १८ जनाको मृत्यु भएको थियो।

प्रकाशित: १० श्रावण २०८१ १३:०१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App