२१ आश्विन २०८१ सोमबार
image/svg+xml
समाज

नेपाल प्रहरीका २९ कर्मचारी सम्पर्कविहीन

नेपाल प्रहरी प्रधान कार्यालयले २९ जना प्रहरी कर्मचारी सम्पर्कविहीन रहेको बताएको छ। सम्पर्कविहीन प्रहरीलाई सात दिनभित्र सम्पर्कमा आउन आग्रह गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ। आज एक सूचना जारी गर्दै कार्यालयले सम्पर्कमा आइ  स्पष्टीकरण दिन समेत आग्रह गरेको छ।

आफूखुसी कार्यालयमा गैर हाजिर रहेको र खोजतलास गर्दा गराउँदा तथा प्रहरी नियमावली, २०७१ को नियम ११५ को देहाय (२) बमोजिम प्रक्रिया पूरा गरी सूचना टाँस भई सक्दा समेत कार्यालयको सम्पर्कमा नआउनु भएकोले सूचना प्रकाशित गरिएको कार्यालयले जनाएको छ।

सूचना प्रकाशित भएको मितिले बाटोको म्याद बाहेक सात दिनभित्र आफू गैर हाजिर रहनुको कारण खोली जवाफसहित कार्यालय वा सूचना जारी गर्ने कार्यालयमा हाजिर हुन नआएमा प्रहरी नियमावली, २०७१ को नियम ११३ को उपनियम (१०) को खण्ड (च) को कसुरमा कारबाही प्रक्रिया अघि बढाइने सूचनामा उल्लेख छ।

प्रकाशित: १० श्रावण २०८१ ०८:३५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App