२४ आश्विन २०८१ बिहीबार
image/svg+xml
समाज

नेपाल र जापानको सम्बन्ध ऐतिहासिक

काठमाडौं – वाङ्मय शताब्दी पुरुष एवं संस्कृतिविद् सत्यमोहन जोशीले नेपाल र जापानको कला र संस्कृतिको सम्बन्ध ऐतिहासिक रहेको बताएका छन्।

नेपाल कल्चर एक्सचेन्ज एशोसिएसनद्वारा बिहीबार आयोजित नेपाली तथा जापानीज कलाकारको सांस्कृतिक प्रस्तुति आदानप्रदान कार्यक्रमको उद्घाटन गर्दै उनले दुई देशबीचको धार्मिक, सांस्कृतिक एवं आध्यात्मिक संस्कार मिल्दोजुल्दो भएको चर्चा गरे।

संस्कृतिविद् जोशीले विशेष गरी बौद्ध धर्मावलम्बीको मन्त्र जापानसँग मिल्ने गरेको भन्दै दुई देशबीचको सम्बन्धलाई अझै प्रगाढ बनाएर लैजानुपर्ने विचार व्यक्त गरे। कार्यक्रममा आयोजक एशोसिएसनका महाप्रबन्धक राजेश थापाले लामो समयदेखिको नेपाल र जापानको सम्बन्धलाई निरन्तरता दिनुपर्ने विचार व्यक्त गरे।

कार्यक्रममा जापानी गायिका सुन्दरी मिकाले नेपाली तथा जापानी गीतको प्रस्तुति दिएका थिए। त्यस्तै सोही कार्यक्रममा जापानी ओवारा नाच, कौरा नाच, चर्या नाच, नेवारी नाच, हुड्केली नाच, तामाङ सेलो, बाँसुरी वादनलगायतको प्रस्तुति आदानप्रदान गरिएको थियो।  (रासस)

प्रकाशित: १५ चैत्र २०७४ ०६:५३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App