७ मंसिर २०८१ शुक्रबार
image/svg+xml
समाज

सर्पले डस्दा महिलाको मृत्यु

सिरहाको चोहर्वामा सर्पको डसाइबाट एक महिलाको मृत्यु भएको छ। 

सर्लाहीको पर्सा गाउँपालिका सङग्रामपुर घर भई सिरहाको गोलबजार नगरपालिका–८ चोहर्वा बस्दैआएकी ३० वर्षीया रोशिना खातुनको शुक्रबार मृत्यु भएको हो।

चुलोबाट खरानी निकाल्ने क्रममा खातुनलाई सर्पले डसेको हो। उनको उपचारका क्रममा कर्जन्हास्थित फूलकुमारी महतो मेमोरियल अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। 

उनलाई चाहर्वा सैनिक गण परिसरमा रहेको जयकाली सर्पदंश उपचार केन्द्रमा पु¥याइए पनि त्यहाँ उपचार सम्भव नभएपछि  कर्जन्हा अस्पताल लगिएको थियो।  

प्रकाशित: २९ असार २०८१ ०९:४८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App