१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

१२ वर्षीया गर्भवती बालिकाको उपचार खर्च जुटदै

ताप्लेजुङ – जबरजस्ती करणीबाट गर्भवती भएकी १२ वर्षीया बालिकाको उपचार खर्च संकलन हुन थालेको छ। 
मंगलबार १० हजार सहयोग गरेका झापाको दमकका हेम बस्नतेले बालिकाको अवस्था दयनीय देखेपछि बुधबार थप २५ हजार सहयोग गरेका छन्। उनले बालिकाकी आमालाई भेटेर यो रकम दिएका हुन्।

गर्भवती बालिकको स्वास्थ्यमा अचानक समस्या आएपछि मंगलबार राति ताप्लेजुङ सदरमुकामबाट गाडी रिजर्भ गरी सुविधा सम्पन्न अस्पताल तर्फ लगिएको महिला अधिकारकर्मी समेत रहेकी फुङलिङ नगरपालिका वडा नम्बर ५ की वडाध्यक्ष भीमादेवी ओझाले जानकारी दिइन्।

यो सँगै बस्नेतले बालिकाको उपचारका लागि सहयोग गरेको रकम ३५ हजार पुगेको छ। यस्तै महिला तथा बालबालिका कार्यालय ताप्लेजुङले उपचारका लागि ७ हजार रकम सहयोग गर्ने निर्णय गरेको निमित्त कार्यालय प्रमुख सीता गुरुङले जानकारी दिइन्। तर यो रकम प्राप्तीका लागि भने केहिदिन लाग्ने देखिएको छ।

कलिलै उमेरमा जबरजस्ती करणीका कारण बालिकाको पेटमा रहेको गर्भको पतन गराउदा राम्रो हुने चिकित्सकको सल्लाह पाएपनि बालिकाका आफन्तजनले आर्थिक अभावका कारण उपचारमा समस्या खेप्नु परेको भन्दै सहयोगको याचना गरेका थिए। उनीहरूले गरेको सहयोगको याचना नागरिक दैनिकमा पढेपछि सहयोगका लागि मन खोलेका बस्नेतले बालिकाको उपचारका लागि सहयोग अनिवार्य रहेको भन्दै ३५ हजार सहयोग गरेका हुन्।

यस्तै अहिले सम्म विराटनगरकी मञ्जु घिमिरेले पनि आफ्नो तर्फबाट सहयोग गर्ने बचन दिएकी छन्। उता प्रतिनिधिसभामा ताप्लेजुङबाट निर्वाचित सांसद योगेशकुमार भट्टराईले पनि बालिकको स्वास्थ्य अवस्थाबारे गम्भिर चासो राख्दै आफुले पनि उपचारका लागि सहयोग गर्ने बताए। राजधानी लगेर उपचार गर्नुपर्ने अवस्थामा आफूले सहयोग गर्ने बचन समेत उनले दिएका छन्। 

 

प्रकाशित: १४ चैत्र २०७४ ११:५७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App