२० आश्विन २०८१ आइतबार
image/svg+xml
समाज

लगातारको वर्षाले कञ्चनपुरका नौवटै स्थानीय तह बाढी र डुबानको चपेटामा

दुई दिनदेखिको वर्षाका कारण कञ्चनपुरमा हालसम्म एक हजार सात सय ५० घर डुबानमा परेका छन्। आइतबार रातिदेखि भीमदत्त, वेदकोट, दोधारा चाँदनी र पुर्नवास नगरपालिका तथा बेल्डाँडी गाउँपालिकाका सयौँ घर डुबानमा परेका छन्।

नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनाले आइतबार राति बाढीमा फसेका ३९ जनाको उद्धार गरेको प्रहरी उपरीक्षक जोशीले जानकारी दिए। जिल्लाभर डुबानमा परेकाको उद्धारका लागि ठाउँ ठाउँमा सुरक्षाकर्मी परिचालन गरिएको छ। 'हालसम्म एक हजार सात सय ३८ जनालाई सुरक्षित स्थानमा लगिएको छ', उनले भने।

कञ्चनपुरका नौवटै स्थानीय तह बाढी र डुबानबाट प्रभावित छन्। भीमदत्त नगरपालिका, दोधारा चाँदनी, वेदकोट र पुर्नबास नगरपालिका तथा बेल्डाँडी गाउँपालिका बाढीबाट बढी प्रभावित छन्। 

यो पनि पढ्नुहोस्

शोकाकुल छ तनहुँको काउरे गाउँ

त्यसैगरी आइतबार मध्यरातमा पूर्व–पश्चिम राजमार्गअन्तर्गत भाँसी–दैजी खण्डको सुडा चोकमा बाढीले कल्भर्ट भत्काउँदा यातायात सेवा प्रभावित भएको छ। यहाँ अहिले वैकल्पिक सडक प्रयोग गरेर सवारीसाधन सञ्चालन भइरहेका छन्।

दोधारा–चाँदनी नगरपालिका–१० कुतियाकवरलगायत क्षेत्रमा महाकाली र जोडबुढा नदीको बाढी बस्तीमा पसेको छ। बाढी पीडित वडा कार्यालय, विद्यालय र आफन्तकहाँ आश्रय लिइरहेको प्रहरीले जनाएको छ।

महाकालीको सतह बढेपछि शारदा ब्यारेजका सबै ढोका खोलिए  

आइतबार राति महाकालीमा पानीको सतह चार लाख क्युसेक नाघेको थियो। पानीको सतह अहिले घटेर दुई लाख ८८ हजार क्युसेक पुगेको छ। महाकालीमा पानीको सतह बढेपछि तीन दिनदेखि बनबासास्थित शारदा ब्यारेजका नेपालतर्फका २४ वटै ढोका खोलिएका छन्। यहाँ तीन दिनदेखि पुलमा सवारीसाधन चलाउन रोक लगाइएको प्रहरी उपरीक्षक जोशीले बताए।

 

यो पनि पढ्नुहोस्

दोधारा चाँदनीमा कीर्तिमानी वर्षा, २४ घण्टामा ५७३ मिलिमिटर पानी पर्‍यो

 

प्रकाशित: २४ असार २०८१ १४:०८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App