२० आश्विन २०८१ आइतबार
image/svg+xml
समाज

कैलालीको खुटिया र कञ्चनपुरको दोदाले खतरा तह पार गर्दै, सतर्क रहन आग्रह

अविरल वर्षाका कारण कैलालीको खुटिया खोलाको बाढीले खतराको तह पार गर्नसक्ने देखिएको छ।

जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो २ बजे खुटिया खोलाको मुडीभर जलमापन केन्द्रमा जलसहत सतर्कता तह आसपास रहेको मापन गरिएको छ।

‘र, खतरा तह पार गर्नसक्ने पूर्वानुमान रहेकोले नदी तटीय क्षेत्रमा रहनुहुनेहरू आज (आइतबार) रातिसम्म उच्च सतर्कताका साथ सुरक्षित स्थानमा रहनुहुन अनुरोध छ,’ विभागद्वारा जारी बाढी सूचनामा भनिएको छ।

यस्तै, कञ्चनपुर जिल्लाको दोदा र मछेली नदीमा पनि बाढीले जलसतहले सतर्कता तह आसपाससम्म आएको विभागले जनाएको छ।

दिउँसो २ः२० बजे पूर्व पश्चिम राजमार्ग जलमापन केन्द्रमा गरिएको मापनले हाल जलसतह सतर्कता तह आसपास रहेको जनाइएको छ। यस्तै, जलसतह बढ्दो क्रममा रहेकाले नदी तटीय क्षेत्रमा रहनेहरुलाई रातिसम्म सतर्कता अपनाउन आग्रह गरिएको छ।

प्रकाशित: २३ असार २०८१ १५:३७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App