१९ आश्विन २०८१ शनिबार
image/svg+xml
समाज

जङ्गली च्याउ खाँदा तनहुँमा तीन जना बिरामी

जङ्गलबाट ल्याएको च्याउ खाँदा आज तनहुँमा तीनजना बिरामी भएका छन्।

जिल्ला प्रहरी कार्यालयका अनुसार घिरिङ गाउँपालिका–१ पुट्टार नयाँबस्ती निवासी ६० वर्षीया लीलामाया विक, ४० वर्षीया कमला विक र १५ वर्षीया अनिता विक बिरामी भएका हुन्।

अनिताले जङ्गलबाट ल्याएको च्याउ खाँदा उनीहरु बिरामी परेको प्रहरी नायब उपरीक्षक दीपककुमार रायले जानकारी दिए।

बिरामी तीनै जनाको स्थानीय धुलिखेल अस्पतालमा उपचार गरी थप उपचारका लागि मेट्रोसिटी अस्पताल पाल्पा पठाइएको छ। घटनाका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित: २२ असार २०८१ २०:५६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App