१९ आश्विन २०८१ शनिबार
image/svg+xml
समाज

वर्षाले कर्णालीमा हवाई सेवा बन्द

निरन्तरको वर्षाका कारण कर्णालीका जिल्लाहरूमा हवाई सेवा बन्द भएको छ। जुम्लामा पाँच दिनयता हवाई सेवा अवरुद्ध भएको नेपाल नागरिक उड्डयन प्राधिकरण जुम्लाका प्रमुख सन्तोष अधिकारीले बताए। उनले भने, ‘१८ गतेयता जुम्लाबाट हवाई सेवा ठप्प छ। नेपाल एयरलाइन्स, सीता, समिट र तारा एयरले नेपालगन्जदेखि जुम्ला उडान भरिरहेका छन्।

यस्तै मुगुमा हवाई सेवा बन्द भएको छ। निरन्तर पानी पर्न थालेपछि हिमाली जिल्ला मुगुका लागि बाँकेको नेपालगन्जबाट हुने उडान हुन सकेको छैन।

लगातारको वर्षाले नेपालगन्जबाट हवाई उडान नभएको रारा हवाई नागरिक उड्डयन प्राधिकरणका प्रमुख श्रीकृष्ण रिजालले बताए। उनले भने, ‘उडान बन्द भएपछि मुगुदेखि नेपालगन्ज, सुर्खेत, काठमाडौंतर्फ जाने यात्रु र नेपालगन्ज सुर्खेतबाट मुगुतिर आउने यात्रु विमानस्थलमै रोकिनुपर्ने अवस्था छ।

मौसम सफा नभएसम्म हवाई उडान हुन नसक्ने रारा हवाई उड्डयन प्राधिकरणका प्रमुख रिमालले बताए। हवाई सेवा अवरुद्ध भएपछि यात्रुहरू जोखिम मोलेर कर्णाली राजमार्गबाट आउजाउ गर्न बाध्य भएका छन्।

हुम्लामा पनि वर्षाले हवाई सेवा अवरुद्ध छ। खराब मौसमका कारण बुधबारदेखि हवाई सेवा अवरुद्ध भएको नागरिक हवाई उड्डयन प्राधिकरण सिमकोटका प्रमुख महेन्द्रबहादुर सिंहले बताए। हवाई सेवा अवरुद्ध भएपछि यात्रु मर्कामा परेका छन्। उनका अनुसार हुम्ला र मुगुमा नेपालगन्जबाट तारा, समिट र सीता एयरलाइन्सहरुले उडान भर्दै आएका छन्।

प्रकाशित: २२ असार २०८१ ०८:३२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App