१९ आश्विन २०८१ शनिबार
image/svg+xml
समाज

काठमाडौं उपत्यकामा भारी वर्षा, नदी किनारमा उच्च सतर्कता अपनाउन आग्रह

काठमाडौं उपत्यकामा रातिदेखि नै भारी वर्षा भइरहेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार वर्षा अझै केही समय जारी रहन्छ। निरन्तरको वर्षाले उपत्यकाका नदी तटीय क्षेत्रहरूमा रहनेहरू तथा नदी किनारको सडकबाट यात्रा गर्नेहरूले उच्च सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।

यस्तै,उपत्यकाका मनोहरा, हनुमन्ते, बागमती र यसका सहायक नदीमा जल सतह बढ्दो रहेको छ। नदी किनार हुँदै यात्रा गर्दा सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ। यसैबिच ललितपुरको खोड्कु खोला झरुवारासी जलमापन केन्द्रमा हालको जलसतह सतर्कता तह पार गरेको छ।

जल सतह बढ्दो क्रममा रहेको तथा नदी तटीय क्षेत्रमा बाढीको जोखिम रहेकाले उच्च सतर्कता अपनाउन भन्दै महाशाखाले एसएमएस अलर्ट नै जारी गरेको हो।

त्यस्तै,पछिल्लो ६ घण्टा गण्डकी र लुम्बिनी प्रदेशका विभिन्न वर्षामापन केन्द्रहरूमा मध्यम-भारी वर्षा मापन, तिनाउ नदी,पश्चिम राप्ती,डुम्रे खोला, बडिगाड, बबई लगायत अन्य नदीहरूमा आकस्मिक बाढीको जोखिम, तटीय क्षेत्र तथा डुबान भइरहने होचा स्थानमा रहले उच्च सतर्कता अपनाउन भनिएको छ।

यसैबिच पाल्पाको कुमलगाउँ, गण्डाकोट, जल्पा,अर्चले, बल्ड्याङ्गढी र आसपास मध्यम र भारी वर्षा मापन, सो क्षेत्र भई बहने निस्ती खोला लगायत साना नदीहरूमा आकस्मिक बाढीको जोखिम,तटीय क्षेत्रमा उच्च सतर्कता महाशाखाले आग्रह गरेको छ।

प्रकाशित: २२ असार २०८१ ०६:४२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App