२० असार २०८१ बिहीबार
image/svg+xml
समाज

प्रतीक थापालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश

नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वगृहमन्त्री रामबहादुर थापा ‘बादल’ का छोरा प्रतीकलाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश भएको छ।

काठमाडौं जिल्ला अदालतले मंगलबार सो आदेश गरेको जिल्ला प्रहरी परिसर काठमाडौं स्रोतले जनाएको छ।

प्रतीकलाई सीआईबीको टोलीले असार १४ गते कपनबाट पक्राउ गरेको थियो। नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ पुर्जी जारी भएपछि उनी फरार थिए।

उक्त प्रकरणमा थापाले बिचौलियाको भूमिका निभाएको प्रहरीको अनुसन्धानले खुलाएको थियो। भुटानी शरणार्थी प्रकरणमा पीडितबाट थापाले रकम लिएको भन्दै जाहेरी परेको थियो।

प्रकाशित: १८ असार २०८१ १७:२५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App