१८ असार २०८१ मंगलबार
image/svg+xml
समाज

थमन हत्या प्रकरण: आठ वर्षदेखि फरार पूर्व सांसद पक्राउ

पूर्व सांसद कौशल प्रसाद यादव।

असई थमन विक हत्या प्रकरणमा पूर्व सांसद कौशल प्रसाद यादव महोत्तरीबाट पक्राउ परेको छ। सम्सी गाउँपालिका-५ हुलाकी सडक खण्डबाट शनिबार उनलाई पक्राउ गरि आइबार उनलाई जिल्ला अदालत महोत्तरीमा पेश गरिएको छ।

मधेश आन्दोलनमा सशस्त्र प्रहरीका असई थमन विकको ज्यान गएको थियो। सोही प्रकरणमा फरार रहेका यादव आठ वर्षदेखि फरार सूचीमा थिए।

पक्राउ परेका यादवलाई आवश्यक प्रक्रियाका लागि अदालतमा बुझाइएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायव उपरीक्षक सन्तुलाल जयसवारले जानकारी दिए। 

०७२ भदौ २५ गते सशस्त्र प्रहरी बल जिल्ला कमाण्ड पोस्ट सुरक्षा बेस क्याम्प जलेश्वर महोत्तरीमा कार्यरत सशस्त्र प्रहरी सहायक निरीक्षक थमन विकलाई मधेसी मोर्चाका कार्यकर्ताले नियन्त्रणमा लिई कुटपिट गर्दा मृत्यु भएको प्रहरीको प्रतिवेदनमा उल्लेख छ।

असई विकको हत्या मुद्दामा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) मधेश प्रदेश संसदीय दलका नेता अभिराम शर्मासहित ७ जनालाई जन्म कैदको सजाय तोकिएपछि हाल फरार छन्। तर, यादवको मुद्दा जिल्ला अदालतले मुल्तबीमा राखेको छ। सोही मुद्दामा नेकपा एमालेका प्रतिनिधि सभा सदस्य लक्ष्मी महतो कोइरीले जिल्ला अदालतबाट सफाइ पाइसकेका छन्।

उक्त मुद्दामा जिल्ला अदालतले प्रदिप साह, संजय कुमार साह, मोहन ठाकुर, रामाशंकर मिश्र, लोसपा मधेश प्रदेश संसदीय दलका नेता अभिराम शर्मा, सुरेन्द्र पाण्डे र धर्मेन्द्र रायलाई ज्यान सम्बन्धी महलको १ र १३ (३) नं बमोजिम कसुर गरेकोले सोही १३ (३) बमोजिम जनही जन्म कैद सजायको फैसला सुनाएको थियाे।

जन्म कैद सजाय पाएका ७ जनामध्ये प्रदिप र संजय ८ वर्षदेखि थुनामा छन् भने जिल्ला अदालतले सजया तोकेका अन्य फरार छन्।

प्रकाशित: १६ असार २०८१ १६:०६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App