२१ असार २०८१ शुक्रबार
image/svg+xml
समाज

तपाईंकाे आजकाे राशिफल

मेष राशिः यात्रा गर्नु राम्रो होला। राजनीतिमा सामान्य मतान्तर हुन सक्ने हुँदा, टाढै रहनु होला। व्यापारको काम गर्दा बिचार पुर्‍याएर गर्नु होला। पढाइमा सफलता मिल्ने छ। रोजगारीको क्षेत्रमा दिन राम्रो छ।

वृष राशिः भ्रमणको योग छ। कार्य गर्दा होसपूर्वक गर्नुहोला। अध्ययनको कार्यमा प्रवेश गर्नु राम्रो होला। व्यापारको क्षेत्रमा आर्थिक लगानी गर्नु ठीक छ। परिवारमा अर्थ आर्जन कम हुने देखिन्छ।

मिथुन राशिः आफ्नो काममा प्रभुत्व जमाउन सफल भइने छ। सामाजिक पद प्रतिष्ठा, सम्मान मिल्ने छ। हल्का कर्ण रोग देखा पर्न सक्ने छ। वाणी सफल हुने योग छ। रोजगारीको अवसर मिल्ने समय छ।

कर्कट राशिः ज्ञान क्षेत्रमा रुचि बढ्ने छ। आँखामा सामान्य रोग देखा पर्नेछ। सामाजिक पद प्रतिष्ठा, सम्मान मिल्ने छ। दाजुभाइबीच प्रेम सद्भाव रहनेछ। मधुर भोजन र पारिवारिक संयोगले मन प्रसन्न हुने देखिन्छ।

सिंह राशिः  बिलासी खानपानमा रुचि नगर्नु वेस हुन्छ। भूमिसम्वन्धी काममा फल प्राप्तिको योग छ। अध्ययनको क्षेत्रमा दिन राम्रो रहेको छ। आर्थिक लाभ हुने दिन छ। सामाजिक कार्यमा सम्मान मिल्ने छ।

कन्या राशिः सामान्य चर्म रोग देखा पर्न सक्छ। आफ्नो कार्य क्षेत्रमा प्रभुत्व बढाउन सफल भइने छ। अध्ययनमा सफलता मिल्ने योग छ। सामाजिक कार्यमा सफलता मिल्नेछ। धन आर्जनको समय छ।

तुला राशिः नयाँ कार्यसिद्धिमा सामान्य बाधा छ। वैदेशिक कार्यमा प्रयास गर्दा सफलता प्राप्त हुने देखिन्छ। जीवन सँगिनीसँग विचारमा मतान्तर हुने देखिन्छ। व्यापार व्यावसाय गर्नेहरुलाई दिन राम्रो छ।

वृश्चिक राशिः कार्यमा अर्थ बाधा हुने दिन छ। परिवारमा सामान्य उदररोग देखा पर्न सक्ने छ। व्यापार व्यवसायमा लाभ देखिन्छ। पठन पाठनमा रुची बढ्ने छ। आफन्तको सहयोग लिएर कार्य गर्नु होला।

धनु राशिः वैदेशिक यात्राको समय देखिन्छ। साथीभाइसँग रमाईलो भेटघाट हुनेछ। पराक्रमका साथ कार्य हुनेछ। व्यापार व्यावसायमा फल प्राप्तिमा बाधा देखिन्छ। पढाईमा कार्यसिद्धि योग छ।

मकर राशिः स्वास्थ्यमा बिकार आउने देखिन्छ। उन्नतिप्रगतिमा बाधा हुने दिन छ। विद्यार्थीहरुकालागि पढाई मध्यम रहेको छ। व्यापारमा केहि बाधा छ। व्यापारमा कम फल प्राप्त हुनेछ।

कुम्भ राशिः प्रेमिहरुका लागि दिन राम्रो छ। अध्यनार्थीलाई ज्ञान आर्जनमा रुचि बढ्ने छ। हल्का उदर रोग देखिन सक्छ। दाम्पत्य जीवनमा उत्साहित हुने दिन छ। धार्मिक बिचार बढ्ने देखिन्छ।

मीन राशिः पढाईको क्षेत्रमा थोरै बाधा आउने छ। थोरै भएपनि धन आर्जन हुने देखिन्छ। सामान्य नेत्र रोग देखिन सक्छ। व्यक्तिहरुले सामान्य अर्थ व्यय गर्न सक्ने छन्। बिलासी कार्य र यात्रामा बिचार पुर्याउनु होला।

प्रकाशित: १६ असार २०८१ ०६:१७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App