१६ असार २०८१ आइतबार
image/svg+xml
समाज

काठमाडौंको छमछमे खोलामा कार खस्दा चालकको मृत्यु

काठमाडौंको छमछमे खोलामा कार दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। शुक्रबार बिहान साढे पाँच बजे काठमाडौंको नागार्जुन नगरपालिका-६ सितापाईला सिभिल होमस्थित छमछमे खोलाको कलभर्टमा खस्दा कार चालकको मृत्यु भएको हो।

मृत्यु हुनेमा नागर्जुन नगरपालिका-६ खरिबोटका अन्दाजी ४०/४५ वर्षका पूर्ण दर्नाल रहेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।

प्रहरीका अनुसार पुर्ण दर्नालले चलाएको बा.प्र. ०२७ च ०४९१ नम्बरको निशान कार छमछमे खोलाको खसि डुबानमा परेको थियो।

चालक दर्नाललाई प्रहरीले उद्दार गरी उपचारको लागी मनमोहन मेमोरियल अस्पतालमा लगिएकोमा ५ बजेर ४५ मिनेटको समयमा चिकित्सकले उनलाई मृत घोषणा गरेको प्रहरीले बताएको छ।

अहिले कार कलभर्टबाट निकालिसकिएको छ। 

प्रकाशित: १४ असार २०८१ ०८:२८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App