२१ असार २०८१ शुक्रबार
image/svg+xml
समाज

तपाईंको आजको राशिफल

मेष राशिः बाहिरी कार्यमा अर्थ लाभ हुने दिन छ। सामान्य नेत्र समस्या देखिन सक्छ। पढाईको क्षेत्रमा शुभ छ। बिलासी कार्यमा प्रवेश नगर्नु होला। कार्य ढिला हुने योग छ। व्यवसायमा फल प्राप्तिमा केही बाधाको समय छ।

वृष राशिः  पारिवारिक संयोग र मधुर भोजनले मन प्रसन्न हुनेछ। पढाईमा रुचि बढ्ने छ। अध्यापनमा पद, सफलता मिल्ने योग छ। कानमा सामान्य बिकार आउने देखिन्छ। दाजुभाइबीच प्रेम सद्भाव रहनेछ।

मिथुन राशिः  धन प्राप्त हुने समय छ। आफ्नो कार्य क्षेत्रमा प्रभुत्व बढाउन सफल भइने छ। धातु सम्वन्धी व्यवसायमा लगानीबाट उचित लाभ प्राप्त हुनेछ। सामाजिक पद प्रतिष्ठा, सम्मान मिल्ने छ।

कर्कट राशिः वैदेशिक यात्राको समय देखिन्छ। व्यापार व्यवसायमा फल प्राप्तिको योग छ।  साथीभाइसँगको रमाईलो भेटघाट हुनेछ। पढाईमा कार्यसिद्धि योग छ। पराक्रमबाट कार्यसिद्धि हुनेछ।

सिंह राशिः  सरकारी काम प्राप्त हुने योग छ। प्राविधिक उद्योगमा लगानी गर्दा राम्रो हुन्छ। अध्यनार्थीलाई ज्ञान आर्जनमा रुची बढ्ने छ। सामान्य  चर्म रोग देखिन सक्छ। व्यापार व्यवसायमा मध्यम देखिन्छ।

कन्या राशिः  व्यापारमा हल्का फल प्राप्त हुनेछ। स्वास्थ्यमा बिकार आउने देखिन्छ। कार्यमा केही व्यक्तिहरुले सामान्य मतभिन्नता सृजना गर्न सक्ने छन्। विद्यार्थीका लागि पढाई राम्रो हुने दिन रहेको छ।

तुला राशिः धार्मिक कार्यमा रुचि बढ्ने देखिन्छ।  नविन कार्यसिद्धिमा सामान्य बाधा छ। वैदेशिक कार्यमा प्रयास गर्दा सफलता प्राप्त हुने देखिन्छ। व्यवसाय गर्नेलाई दिन हल्का राम्रो छ। बिलासी कार्यमा रुचि नलिनु होला।

वृश्चिक राशिः रोजगारीको अवसर मिल्ने समय छ। आर्थिक प्राप्तिमा बिलम्ब हुने छ। आफ्नो काममा प्रभुत्व जमाउन सफल भइने छ। सामाजिक पद प्रतिष्ठा, सम्मान मिल्ने छ । वाणी सफल हुने दिन छ।

धनु राशिः उन्नती प्रगति हुने दिन छ। पठन पाठनमा रुची बढ्ने छ। परिवारमा सामान्य  रोग देखा पर्न सक्ने छ। अरुको सहयोग लिएर काम नगरी आफै कार्य गर्नु होला। सामाजिक कार्यमा सफलता मिल्ने छ।

मकर राशिः अध्ययनमा सफलता मिल्ने छ। व्यापारको काम गर्दा विचार पु¥याएर गर्नु होला। छोटो यात्रा गर्नु राम्रो होला। बाहिर सामान्य लाभ हुन सक्ने हुँदा, मन आनन्द रहला। राजनीतिक क्षेत्रमा सफलता मिल्नेछ।

कुम्भ राशिः परिबारमा अर्थ आर्जन हुने समय देखिन्छ। व्यापारको क्षेत्रमा आर्थिक लगानि गर्नु शुभ छ। स्वदेश यात्राको योग रहेको  छ। अध्ययनको कार्यमा प्रवेश गर्नु राम्रो होला। कार्यगर्दा बिचारपूर्वक गर्नुहोला।

मीन राशिः आर्थिक लाभ त्यति नहुने दिन छ। भूमि सम्वन्धी काममा फल प्राप्तिको योग छ। व्यवसायमा लगानीबाट प्राप्त कमहुने छ। बाहिरी, बिलासी खानपानमा रुचि नगर्नु  वेस हुन्छ। अध्ययनको क्षेत्रमा दिन राम्रो रहेको छ।  

प्रकाशित: १३ असार २०८१ ०६:२७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App