२१ असार २०८१ शुक्रबार
image/svg+xml
समाज

बाढी पसेपछि बन्द विराटनगर विमानस्थल खुल्यो

बस्तीको बाढी पसेपछि बन्द भएको विराटनगर विमानस्थल दिउँसो ४ बजेपछि खुलेको छ।

वर्षा रोकिएको र बाढीको पानी सुकेको साथै बाढीको जोखिम पनि नदेखिएकाले  विमानस्थलको उडान अवतरण सुरु गरिएको विराटनगर विमानस्थलका सूचना अधिकारी युवाराज भण्डारीले जानकारी दिए।

बस्तीबाट ओभरफ्लो भएर विराटनगर विमानस्थलको १ नं गेटबाट  बाढी पसेपछि बुधबार बिहानैदेखि विमानस्थल बन्द गरिएको थियो। उनका अनुसार बस्तीबाट ओभरफ्लो भएर पसेको बाढीले विमानस्थल जाने बाटो अवरुद्ध बनेको थियो। विमानस्थलको  पार्किङ क्षेत्रमा र  हेलिप्याडमा समेत बाढीको पानी पसेर डुबानमा परेको थियो।

तर, विमानस्थलको धावनमार्गमा बाढी नपसेका कारण वर्षा र बाढीको प्रभाव कम भएसँगै विमानस्थलबाट उडान र अवतरण सुरू गरिएको हो। विराटनगर विमानस्थलबाट दैनिक औषतमा १८ वटा फ्लाइट हुने गरेको छ। 

प्रकाशित: १२ असार २०८१ १७:३७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App