१२ असार २०८१ बुधबार
image/svg+xml
समाज

पाल्पामा चट्याङ लागेर एक जनाको मृत्यु

सांकेतिक तस्बिर।

पाल्पामा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ।

रैनादेवी छहरा गाउँपालिका-३, डाँडा गाउँका बिमल प्रसाद पन्तको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी (डिएसपी) सुगन्ध श्रेष्ठले जानकारी दिए।

५६ वर्षीय पन्तलाई घरमै बसिरहेका बेला चट्याङले लागेको थियो। घाइते भएका उनलाई लुम्बिनी मेडिकल कलेज प्रभासमा उपचारका लागि लगिएकोमा अस्पतालले उनलाई मृत घोषणा गरेको डिएसपी सुगन्ध श्रेष्ठले बताए।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। 

प्रकाशित: ३ असार २०८१ २०:३३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App