१२ असार २०८१ बुधबार
image/svg+xml
समाज

बकर ईदमा सामुहिक नमाज

बकर ईदका अवसरमा मुस्लिम महिलाले कपिलवस्तुमा सामुहिक नमाज पढेका छन्। एक आपसमा शुभकामना साटासाट गरी मस्जिदमा गएर उनीहरुले सामुहिक नमाज पाठ गरेका हुन्। कपिलवस्तु नगरपालिका– १ नयाटोलकी अकालमुन निशाले सोमवार बिहान आफन्तसँगै छोटकी तौहिलवास्थित ईमाम अकहमद बिन हम्बल मस्जिदमा पुगेर बिशेष नमाज पढिन्। 

उनी परिवारका अन्य सदस्यहरुसँगै बिहानै त्यहा पुगिन्। बुर्का लगाएर गएकी उनले मस्जिमा रहेका महिलाहरुसँगै आधा घण्टासम्म पाठ गरिन्। आफुले हरेक बर्षको ईद र बक्राईदमा परिवारका अन्य सदस्यहरुसंगै मस्जिदमा नवाज पढने गरेको मस्जिदबाट घर फकिर्ने क्रममा उनले बताइन्। 

‘घर परिवार र आफन्तसँगै सँगै मस्मिदमा सामुहिक नवाज पढ्दा खुशी लाग्छ,’ उनले भनिन् ‘त्यसरी नवाज पढ्दा छुट्टै आनन्द मिल्छ, यसबाट अल्लाहबाट धेरै बरकत समेत पाईन्छ जस्तो महसुल हुुन्छ।’ यस्तै बिहान ७ बजे देखि सामुहिक नमाज पढने कार्यक्रम भए पनि एकघण्टा अघि नै कपिलवस्तु नगरपालिका-६  तिलौराकोटकी साकिरा खातुुन छोटकी तौलिहवाको मस्जिदमा पुगिन्। आफन्तसँगै त्यहाँ पुगेर सामुहिक नमाज पाठ गरेकी उनले पनि आफुलाई बक्राईद ईदका दिन त्यसरी मस्जिदमा पाठ गर्न पाउँदा निकै खुशी लाग्ने गरेको बताइन्। 

‘साच्चिकै पबित्र दिनमा मस्जिदमा सामुहिक पाठ गर्दा धेरै रमाईलो लाग्छ। ’ त्यहाको मस्जिदमा २ सय  बढी महिलाहरुले सामुहिक पाठ नमाज पढेका थिए। छोटकी तौलिहवाको मस्जिदमा पुरुष र महिला दुबैले सामुहिक पाठ गरेका थिए। त्यसका लागि मस्जिमदमा रहेको कोठाको बिच भागमा पर्दा लगाइएको थियो। एकतिर पुरुषहरु र अर्कातिर महिलाहरु बसेर सामुहिक पाठ गरेका थिए। 

अहिले हदिफ समुदायका महिलाहरुले मस्जिदमा सामुहिक प्रार्थना गर्न पाउने कृष्णनगरका मौलाना महसुद नेपालीले बताए। हदिफ समुदायका महिलाहरुलाई मस्जिदमा सामुहिक नवाज पढने अधिकार रहेको उनले बताए। कृष्णनगर, भैसकुण्डा, नन्दनगर, अभिराव लगायतका ईदगाहामा समेत महिलाहरुले सामुहिक नमाज पाठ गरेका गरेका हुन्। 

प्रकाशित: ३ असार २०८१ १३:०७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App