९ भाद्र २०८१ आइतबार
image/svg+xml
समाज

काठमाडौं महानगरद्वारा सिंहदरबारभित्रबाट चार बाल श्रमिकको उद्धार

फाइल।

काठमाडौं महानगरपालिकाले सिंहदरबारभित्र काम गरिरहेका चार बाल श्रमिकको उद्धार गरेको छ।

बुधबार सिंहदरबारभित्रका विभिन्न खाजा घरमा काम गर्ने दुई बालक र दुई बालिकालाई महानगरपालिकाले अनुगमन गरी उद्धार गरेको हो।

मेयरको सचिवालयका सदस्य धिरज जोशीका अनुसार चारजना बालबालिकामध्ये तीन जनाको नागरिकता नभएको र एक जनाको नागरिकतामा १६ वर्ष उमेर भन्दा कम देखिएको छ।

उनले भारतीय बालबालिका थिए भन्ने गुनासो आएको भएता पनि अनुगमनका क्रममा त्यस्ताेनभेटिएको जानकारी दिए। दिनभर काम गर्नुपर्ने र विद्यालय जान नपाउने बालबालिकाहरूको उद्धार गरिएको उनले सुनाए।

जोशीले भने, ‘देशको सबैभन्दा ठूलो प्रशासनिक केन्द्र सिंहदरबारमा नागरिकता नबनेका कलिला बच्चाहरूलाई कसरी काममा लगाइयो भन्ने सोच्नुपर्ने विषय हो। यसले धेरै प्रकारको सुरक्षामा प्रश्न उठाएको छ।’

महानगरपालिका केही दिनदेखि बाल श्रमिकविरुद्धको अभियान चलाइरहेको छ। यसै क्रममा सिंहदरबारभित्रका चार बालबालिकाको उद्धार गरिएको हो।

यो अभियानअन्तर्गत, बालश्रमको अन्त्य गर्नका लागि महानगरपालिकाले सरकारी निकायहरूसँगको समन्वयमा काम गरिरहेको छ।

प्रकाशित: ३० जेष्ठ २०८१ १९:०६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App