४ पुस २०८१ बिहीबार
image/svg+xml
समाज

मुख्यन्यायाधिवक्ता ठाकुरको राजीनामा स्वीकृत

मधेस प्रदेशका मुख्यन्यायाधिवक्ता वीरेन्द्रकुमार ठाकुरको राजीनामा स्वीकृत भएको छ।

सरोजकुमार यादव नेतृत्वको निवर्तमान सरकारका मुख्यन्यायाधिवक्ता ठाकुरले नयाँ सरकार गठनसँगै राजीनामा दिएका थिए।  

मुख्यमन्त्री सतिशकुमार सिंहमार्फत् ठाकुरले बुझाएको राजीनामा प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले स्वीकृत गरेको प्रदेश प्रमुख कार्यालयका निमित्त कार्यालय प्रमुख शत्रुधन यादवद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

प्रकाशित: ३० जेष्ठ २०८१ १७:२५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App