१९ असार २०८१ बुधबार
image/svg+xml
समाज

चार दिनदेखि बेपत्ता डोटीका वृद्ध अझै भेटिएनन्

औषधि लिन भनी घरबाट निस्किएका डोटीका एक वृद्ध चार दिनदेखि बेपत्ता भएका छन्। दिपायल सिलगढी नगरपालिका– १ तिखाका ६३ वर्षीय वीरभान खड्का चार दिनदेखि बेपत्ता रहेको छोरा विनोद खड्काले बताए।

विनोदका अनुसार उनका बुबामा दाद र छारे रोगको समस्या थियो, जसको उपचारका लागि दिपालय सिलगढी नगरपालिका– ३ मा रहेको आयुर्वेद स्वास्थ्य केन्द्रबाट उनले औषधि प्रयोग गर्दै आएका थिए।

‘त्यो दिन आयुर्वेदबाट औषधि लिएर आउँछु भनी घरबाट निस्किनुभएको रहेछ’, विनोदले भने, ‘तर साँझसम्म घर फनुभएन। त्यसपछि खोजी गर्दा आयुर्वेदबाट नजिकै रहेको बाइसधारा क्षेत्रस्थित सेती नदी किनारमा उहाँको लत्ताकपडा, चप्पल, लठी र पैसा फेला परेको छ।’

विनोदका अनुसार बुबाले नुहाउन खोज्दा बगेको वा हामफालेको आशंका गरी उनको खोजी भइरहेको छ।

‘सशस्त्र प्रहरी, नेपाल प्रहरीको टोलीसहितले खोजी गर्दा पनि अहिलेसम्म बुबाको पत्तो लागेको छैन। नदीको पानी पनि धमिलो भएकाले उहाँको खोजी सजिलो पनि छैन’, विनोदले दुःखेसो पोखे।

उनले गोताखोर टोली परिचालन गरेर खोजी कार्य गरिदिन सरोकारवालासँग अपिल गरिरहेका छन्।

प्रकाशित: २६ जेष्ठ २०८१ १२:०८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App