२० आश्विन २०८१ आइतबार
image/svg+xml
समाज

बाल मन्दिरको जग्गा प्रकरणमा पूर्वउपाध्यक्ष तुलसीनारायण श्रेष्ठ पक्राउ

काठमाडौंको नक्सालस्थित बाल मन्दिरको जग्गा प्रकरणमा बाल संगठनका पूर्वउपाध्यक्ष तुलसीनारायण श्रेष्ठलाई नेपाल प्रहरीको केन्‍द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले पक्राउ गरेको छ । पूर्वउपाध्यक्ष श्रेष्ठलाई सिआईबीको टोलिले शुक्रबार पक्राउ गरेको छ ।  

२०४९ सालदेखि २०७२ सालसम्म लगातार न्यून रकममा बाल संगठनलाई हानी नोक्सानी पुर्‍याउने उद्देश्यले सम्झौता गरेको उजुरीका आधारमा उनलाई नियन्त्रणमा लिएको सिआईबीका प्रवक्ता एसपी होबिन्द्र बोगटीले जानकारी दिए । सम्झौता नवीकरणका क्रममा समेत अनियमितता भएको दाबी उजुरीमा छ ।  

नक्सालमा रहेको करिव २९ रोपनी जग्गा पछिल्लो सम्झौताअनुसार वार्षिक १ करोड ९ लाख रुपैयाँ तिर्ने गरी लिजमा दिइएको थियो।

बाल मन्दिरको जग्गामा विभिन्न गतिविधि सञ्चालन गरेको आरोपमा २० जनाविरूद्ध वैशाख २७ गते पक्राउ पुर्जी जारी भएको थियो। त्यसमध्ये श्रेष्ठ पक्राउ परेका हुन् ।  

पक्राउ पुर्जी जारी हुनेमा तत्कालीन अध्यक्ष रिता सिंह, महाचिव गणेशभक्त श्रेष्ठ, उपमहासचिव सुमन शाक्य, कृष्णशंकर साह, श्यामकुमार आले, सुवासकुमार पोखरेल, मनोहरगोपाल श्रेष्ठ पनि छन् । यस्तै प्रचण्डराज प्रधान, रामकाजी कोने, योगेन्द्रबहादुर शाही र दिपकदास श्रेष्ठविरूद्ध पुर्जी जारी भएको छ।

अनाथ र सहाराहीन बालबालिकाको संरक्षणमा काम गर्दै आएको संगठनको जग्गा लिज सम्झौताका नाममा अनन्तकालसम्म व्यापारीलाई सुम्पने कार्य गरेको भन्दै जाहेरी परेको थियो।

यस्तै बृहस्पति विद्या सदनका तत्कालीन पदाधिकारीहरु चिरञ्जिवी तिवारी, प्रविणराज जोशी, मुरारीनिधी तिवारी, श्रद्धा संघाई, पुरूषोत्तम राज जोशी, अभिनव सिंघानिया, कीर्तिप्रसाद पाण्डे र सिद्धार्थ केडियाविरूद्ध अदालतबाट पुर्जी जारी भएको थियो।

प्रकाशित: २५ जेष्ठ २०८१ १४:४३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App