३ कार्तिक २०८१ शनिबार
image/svg+xml
समाज

हत्या गरी नालामा फालिएको अवस्थामा पुरुषको शव फेला

कपिलवस्तुको सुद्धोधन गाउँपालिका वडा- ६ बेलभरिया गाउँको दक्षिण मर्थी खोलाको नालामा शनिवार बिहान १० बजेतिर हत्या गरी फालिएको अवस्थामा एक जना पुरुषको शव फेला परेको छ।

अनुहारमा ढुंगाले हानेर हत्या गरी नालामा छाडिएको अवस्थामा करिब ३० वर्षीय पुरुषको शव फेला परेको प्रहरी नायब उपरिक्षक हरिबहादुर ओलीले बताए। मृतक पुरुषको मुखमा गहिरो चोट देखिएको र शव नजिकै ढुंगा समेत फेला परेको ओलीले बताए। शवको पहिचान भने नखुलेको उनले बताए। शवलाई पोस्टमार्टका लागि प्रादेशिक अस्पताल पठाइएको ओलीले बताए। घटनाको अनुसंधान भईरहेको ओलीले बताए।  

प्रकाशित: १९ जेष्ठ २०८१ १३:३९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App