३ असार २०८१ सोमबार
image/svg+xml
समाज

बाढीबारे पूर्व सूचना दिने ६२ ‘नागरिक वैज्ञानिक’

बाढी पूर्व सूचना दिने नागरिक वैज्ञानिक। तस्बिर: निर्मल/घिमिरे

सामान्यतः वैज्ञानिक भन्ने बित्तिकै विषय वस्तुकाे विज्ञ भनेर बुझिन्छ। नागरिक वैज्ञानिकको नाम दिएर बर्खाको समयमा बाढीबारे पूर्व सूचनाका लागि स्वतःस्फूर्त रुपमा बारबर्दियाका ६२ जना युवा र युवति परिचालित गरिने भएको छ।

११ वटा वडाका ६२ जना युवा र युवतिले सामान्य ‘टुल’ प्रयोग गरेर एप मार्फत तत्काल बाढी पूर्व सूचना दिन स्वयंसेवकका रुपमा काम गर्ने युवा र युवतिलाई नागरिक वैज्ञानिक नाम दिइएको हो।

बबई र कर्णाली जस्ता ठूला नदीमा बाढी पूर्व सूचनाको प्रणाली जडान भएपनि स–साना खोला र खोल्सीमा बाढी पूर्व सूचना जडान नहुँदा समस्या पर्दे आएको बारबर्दियाका नगर प्रमुख छविलाल थारुले बताए।

‘बेसिक सतह बराबर गरिएको बोतल र बास हाम्रा नागरिक वैज्ञानिकलाई दिइएको छ,’ उनले भने, ‘जहाँ पनि उक्त बोतल राखेर हाम्रा नागरिक वैज्ञानिकले एप मार्फत पल-पलको सूचना दिनेछन्।’ उनका अनुसार यसरी दिइने सूचनाले डुबानको जोखिम कम गराउँछ।

बारबर्दिया नगरपालिकामा बर्सेनि बाढीले क्षति पुराउँदै आएको छ। बबई नदिको उत्तर तर्फ पर्ने बारबर्दिया नगरपालिका दर्जन बढि खोल्सा खोल्सी छन्। ठूला नदीको पानी बर्खाको समयमा खोल्सा खोल्सी हुँदै बस्ती पस्ने जोखिम रहन्छ।

थारै खर्चमा समुदाय लाभान्वित हुने उद्देश्यले परिचालित युवा युवतिको सहयोगबाट खोला खोल्सीमा आउने बाढीबाट सर्तकता अपनाउन सहज हुने उपनगर प्रमुख रत्ना पान्डेले बताइन। ‘एप मार्फत जानकारी आउँछ,’उनले भने,‘त्यही अनुरूप नगरपालिकाबाट जनशक्ति परिचालन गर्न सहज हुन्छ।’

प्रत्येक वडामा खतराको लेबल मापन गरिएको छ। खतराको लेबल भन्दा पानी धेरै परेमा एप मार्फत जानकारी दिने प्रबन्ध मिलाएको आइएएचआरआर संस्थाका कर्मचारी अनुपम न्यौपानेले बताए।

पानी नापेर सहज तरिकाले एप मार्फत पठाउन सक्षम भएपछि सामाग्री वितरण गरिएको हो।आइएचएचएआर संस्थाले विज्ञको उपस्थित गराएर मौखिक र फिल्ड अनुगमन मार्फत नागरिक वैज्ञानिकलाई सक्षम बनाइएको दाबी संस्थाले गरिरहेको छ।

तालिम प्राप्त युवायुवतीले बाढी पूर्व सूचना संकलन गरेर एप मार्फत जानकारी गराएर समुदायलाई नै लाभान्वित गर्न सक्ने सक्षम जनशक्ति तयार भएको आईएचएचआरका निर्देशक सुरज गौतमले जानकारी दिए।

प्रकाशित: १३ जेष्ठ २०८१ २१:०२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App