३ असार २०८१ सोमबार
image/svg+xml
समाज

नुवाकोटमा पौडी खेल्ने क्रममा डुबेर २ युवकको मृत्यु

नुवाकोटको तादीखोलामा पौडी खेल्ने क्रममा आज दुई जनाको मृत्यु भएको छ।

बेलकोटगढी नगरपालिका–१० स्थित तादीखोलामा पौडी खेल्ने क्रममा डुबेर बेलकोटगढी–१३ का १९ वर्षीय रोजन तामाङ र ककनी गाउँपालिका–४ का १८ वर्षीय हिमाल तामाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक तिलक भारतीले जानकारी दिए।

उनका अनुसार डुबेर बेहोस भएका दुवैलाई उद्धार गरेर उपचारका लागि त्रिशूली अस्पताल पुर्‍याए लगत्तै चिकित्सकले मृत घोषणा गरेका थिए। तादीखोलामा पौडी खेल्ने गएका छ जना युवामध्ये उनीहरूलाई घुमाउने भन्ने स्थानबाट बगाएको थियो।

अपराह्न २ बजेतिर को खबर पाएपछि स्थानीयवासीको सहयोगमा प्रहरीले उद्धार गरेर उपचारका लागि अस्पताल पुर्‍याएको थियो।

पछिल्लो समय गर्मी बढेसँगै नदी तथा खोलामा पौडी खेल्ने जाने क्रम बढेकाले सावधानी अपनाउन प्रहरीले अपिल गरेको छ।

प्रकाशित: १२ जेष्ठ २०८१ १९:२२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App