१५ असार २०८१ शनिबार
image/svg+xml
समाज

प्रहरी जवान घिमिरेको हत्या गरेकाे आरोपमा छ जना पक्राउ

प्रहरी जवान युवराज घिमिरेको हत्या गरेकाे आरोपमा छ जनालाई पक्राउ गरिएको छ। काठमाडौँ जिल्ला प्रहरी परिसरले अभियुक्तहरूलाई आज पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्ने बताएको छ।

जिल्ला प्रहरी परिसरका प्रवक्ता एवं प्रहरी उपरीक्षक नवराज अधिकारीका अनुसार खोटाङको मजुवागढी गाउँपालिका–१ का स्थायी बासिन्दा प्रहरी जवान घिमिरेको शव शङ्कास्पद अवस्थामा गत शुक्रबार काठमाडौँको तार्केश्वर–९ मनमैजुस्थित निर्माणाधीन घरमा फेला परेको थियो। उनी ट्राफिक प्रहरी प्रभाग दरबारमार्गमा खटिएको थिए। -रासस

प्रकाशित: ६ जेष्ठ २०८१ १०:४२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App