१९ असार २०८१ बुधबार
image/svg+xml
समाज

पहिलो पटक टिपताला नाका पुग्यो नेपाली गाडी

उत्तर-दक्षिण जोड्ने नेपालकै सबैभन्दा छोटो नाका टिपताला सम्म पहिलो पटक नेपाली गाडी पुगेका छन्। टिपताला नेपाल र चीनको स्वसासित क्षेत्र तिब्बत जोड्ने ५ हजार १ सय मिटरको उचाइमा रहेको सीमा नाका हो। 

ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका वडा नं ७ का वडाध्यक्ष छेतेन लामा शेर्पाले शुक्रबार अपरान्ह एउटा स्काईभेटर र एउटा ट्रयाक्टर टिपताला सम्म पुगेको जानकारी दिए।

उक्त खण्डको सडक निर्माण तथा स्तरउन्नतीको काम एलाइट जेभी निर्माण सेवाले गरिरहेको छ। यसअघि रानीपुल-ओलाङ्चुङगोला सडक खण्डको अप्ठ्यारो पहरो फोर्ने सहितका काम सम्पन्न गरेको सो निर्माण कम्पनीले गोला सम्मको सडकको ट्रयाक ओपन गरिसकेपछि गोलाबाट २४ किलोमिटर दुरीमा रहेको टिपतालातर्फको सडकको स्तरोन्नतीको काम गरिरहेको थियो।

सो कार्य शुक्रबार अपरान्ह छिचोलिएको निर्माणे कम्पनीका साईट इञ्चार्ज राजीव लामिछानेले बताए। फक्ताङलुङ वडा नं ७का वडाध्यक्ष शेर्पाले उत्तरी क्षेत्रका बासिन्दाको दशकौं देखिको सडक सपना पूरा भएको भन्दै खुसी व्यक्त गरेका छन्।  

टिपतालाबाट करिब २ सय  ९२ किलोमिटर दुरी पारगर्दा विराटनगरस्थित रानी पुगिन्छ। टिपताला नेपाल-चीन र भारत लाई जोड्ने त्रिदेशीय नाका हो। 

गत वैशाख २५ गते नै खुल्ने भनिएको टिपताला नाका अझै सञ्चालनमा भने आएको छैन। कोरोना संक्रमण सँगै यो नाका चिनिया पक्षबाट बन्द रहेको छ।

प्रकाशित: ४ जेष्ठ २०८१ १५:२५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App