१५ असार २०८१ शनिबार
image/svg+xml
समाज

सरकारबाट बाहिरिए लगतै ठाकुर निवासमा यादव, महन्थले भने: तत्कालै सहकार्य गर्न सकिँदैन

फाइल तस्बिर

पार्टी विभाजनसँगै सङ्घीय र प्रदेशको सत्ता राजनीतिबाट बाहिरीएका जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का अध्यक्ष महन्थ ठाकुरबीच भेटवार्ता भएको छ।

ठाकुर निवास पुगेर यादवले भेटवार्ता गरेका हुन्।

नेकपा एमाले र माओवादीले धोका दिएको भन्दै यादवले ठाकुरसँग सहयोग मागेको बुझिएको छ।

भेटमा ठाकुरले उपेन्द्रलाई विगत सम्झाउँदै जसपा नेपालसँग तत्काल कुनै सहकार्य गर्न नसकिने जवाफ फर्काएको स्रोतले बताएको छ। आफूलाई पटकपटक धोका दिएको विगत सम्झिँदै अध्यक्ष ठाकुरले सहकार्यको बारेमा तत्काल ‘हुन्छ’ भन्न नसक्ने जवाफ दिएका थिए।

अप्ठ्यारो परेको बेला सहकार्यको हात बढाउने तर अवस्था सहज हुने बित्तिकै कसैको नसुन्ने उनको पुरानो बानीले तत्काल सहकार्य मुस्किल रहेको जवाफपछि उपेन्द्रजी फर्किनु भएको   बैठकमा सहभागी एकजना लोसपा नेताले बताए।

जसपा नेपाल विभाजनपछि मधेस प्रदेश सरकारबाट एमाले र माओवादीले आइतबार  समर्थन फिर्ता लिएपछी जसपा नेपाल नेतृत्वको मधेस प्रदेश सरकार अल्पमतमा परेको छ। आफ्नो तगत मधेसमै सत्ताबाट बाहिरीने अवस्था आएपछि यादव रन्थनिएका छन्।

प्रकाशित: ३१ वैशाख २०८१ १२:३५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App