१९ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

पर्सामा १ महिनाभित्र ५ करोड भन्दा बढीको अवैध सामग्री बरामद

जिल्ला प्रहरी कार्यालय पर्साले एक महिनाको अवधिमा ५ करोड ८७ लाख भन्दा बढी मूल्य बराबरको भन्सार छलीका सामग्री बरामद गरेको जनाएको छ।

यही चैत महिनाभित्र जिल्ला प्रहरी कार्यालय पर्साले ५ करोड ८७ लाख ३६ हजार ७९९ रुपैयाँ बराबरका अवैध सामग्री राजस्व अनुसन्धान पथलैया बारा, र वीरगञ्ज भन्सार कार्यालयमा दाखिला गराएको जनाएको छ।

राजस्व अभिवृद्धि तथा भन्सार चोरी पैठारी न्यूनीकरण गर्न जिल्ला प्रहरी कार्यालय पर्सा तथा मातहतका प्रहरी कार्यालयबाट परिचालन भएको टोलीले चैत महिनामा १ करोड २३ लाख ४६ हजार ४९९ रुपैयाँ बराबरको लत्ताकपडा बरामद गरेको प्रेस विज्ञप्ति मार्फत जनाएको छ।

एक महिनामा पर्साका विभिन्न स्थानबाट रु. १ करोड २३ लाख ४६ हजार ४ सय ९१ रुपैयाँ बराबरको लत्ता कपडा रहका छन् भने सोही अवधिमा १ करोड १० लाख ८७ हजार ७१० रुपैयाँ बराबरका सवारी साधन तथा पार्टपुर्जा बरामद गरिएको त्यसैगरी १ करोड ४२ लाख २३ हजार ९१७ रुपैयाँ बराबरका किराना तथा खाद्यान्न सामग्री बरामद गरिएको पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक कुमारविक्रम थापाले बताए। डिएसपी थापाका अनुसार २ करोड १० लाख ७८ हजार ६८१ रुपैयाँ बराबरको विद्युतीय सामग्री बरामद गरेर वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको छ।

अवैध रुपमा चोरी पैठारी गरी भन्सार छलेर ल्याइएका सामग्रीहरू चैत ३० गते आज सम्म वीरगञ्ज भन्सार कार्यालयसँगै राजस्व अनुसन्धान कार्यालय पथलैया बारामा बुझाइएको थापाले जानकारी दिए ।

प्रकाशित: ३० चैत्र २०८० १४:४१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App