१२ असार २०८१ बुधबार
image/svg+xml
समाज

पाथिभरामा केबलकार निर्माणको पक्षमा बृहत् र्‍याली

फाइल तस्बिर

देशकै महत्वपूर्ण धार्मिक तथा पर्यटकीय स्थल ताप्लेजुङको पाथिभरा मन्दिर दर्शनका लागि यात्रा सहज बनाउन तत्काल केबलकार निर्माण हुनुपर्ने सन्देशसहित सद्भाव र्‍याली निकालिएको छ।

ताप्लेजुङका विकास प्रेमी नागरिक समाज ताप्लेजुङको आयोजनामा शनिबार सदरमुकाम फुङलिङमा निकालिएको र्‍यालीमा सयौंको संख्यामा जिल्लाबासीको सहभागिता रहेको थियो।

‘बृहत् नागरिक सद्भाव र्‍याली’ लेखिएको व्यानरसहितको र्‍यालीमा नौमती बाजा र च्याब्रुङसहित विभिन्न जातजाति र समुदायको संस्कृति झल्कने झाँकी पनि प्रदर्शन गरिएको थियो।

र्‍यालीमा उपस्थित स्थानीयले केबलकार बने जिल्लाको विकासमा फड्को मार्ने प्रतिक्रिया दिएका थिए।

र्‍यालीपछि आयोजित कोणसभालाई सम्बोधन गर्दै ताप्लेजुङ उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष दावा शेर्पाले धार्मिक तथा पर्यटकीय क्षेत्रको विकासमा केवलकार निर्माणले ठूलो टेवा पुयाउने हुँदा यो कार्यमा सबैले सहयोग गर्नुपर्ने धारणा राखेका छन्।

यसैगरी, युमा साम्यो अभियन्ता पदमचेञ्जी मावोले ताप्लेजुङ जिल्लाको विकास, समृद्धि र पहिचानका लागि पाथीभरा क्षेत्रमा केवलकार बन्नुपर्ने बताए।

यस्तै, कार्यक्रममा सहभागी महिला अगुवा मिना गुरुङले केबलकार निर्माणप्रति भ्रम सिर्जना गरेर विकास नरोक्न सबैलाई आग्रह गरिन्।

प्रकाशित: २५ चैत्र २०८० ०९:०५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App