१३ आश्विन २०८१ आइतबार
image/svg+xml
समाज

सशस्त्र प्रहरीद्वारा सीमा क्षेत्रका विद्यार्थीलाई छात्रवृत्ति घोषणा

सीमा क्षेत्रका विद्यार्थीका निम्ति सशस्त्र प्रहरी बल नेपाल नं. १ बराह बाहिनी मुख्यालय पकली, सुनसरीले छात्रवृत्ति कार्यक्रम घोषणा गरेको छ।

उसले २३ औं स्थापना दिवसको अवसरमा आइतबार एसइईमा उत्कृष्ट हुने १५ जना र दुई जना सर्वसाधारणका छोराछोरीलाई सशस्त्र प्रहरीको स्कुलमा निःशुल्क पठनपाठन गर्ने कार्यक्रम घोषणा गरेकाे हाे।

घोषित कार्यक्रम अनुसार ‘सीमावासीसँग सशस्त्र प्रहरी’ भन्ने सीमा केन्द्रित कार्यक्रम अन्तर्गत सीमा क्षेत्रमा बसोबास गर्ने आदिवासी जनजाति, दलित, अल्पसंख्यक, अतिविपन्न, पिछडिएको वर्ग र सीमान्त समुदायका छात्रछात्राहरुले सामुदायिक विद्यालयबाट एसइईमा उत्कृष्ट नतिजा ल्याउने १५ जनालाई छात्रवृत्ति प्रदान गरिनेछ।

जसमा जनही १२ हजार रुपैयाँ वार्षिक प्रदान गरिनेछ। यस्तै, अन्तर्राष्ट्रिय सीमानासँग जोडिएका जिल्लाहरूमा बसोबास गर्ने आम नागरिकका सन्ततीहरुबाट दुई जनालाई सशस्त्र प्रहरीको स्कुलमा कक्षा १० सम्म निःशुल्क अध्ययनको व्यवस्था गरिने पनि भएको छ।

यस्तै, अन्तर्राष्ट्रिय सिमानासँग जोडिएका जिल्लाहरूमा बसोबास गर्ने पाँच वर्ष सेवा अवधि पुगेका सशस्त्र प्रहरी कर्मचारीहरूलाई सहुलियतमा आवास कर्जा पनि उपलब्ध गराइने भएको छ।

उनीहरुलाई वार्षिक ४ प्रतिशत ब्याजदरमा न्यूनतम ५ लाख देखि अधिकतम १० लाखसम्म सहुलियत आवास कर्जा उपलब्ध गराइने व्यवस्था मिलाइएको जानकारी दिइयो।

सशस्त्र प्रहरीले स्थापना दिवसको पूर्वसन्धयामा रक्तदान, सीमा सुरक्षा सम्बन्धी जनचेतनामूलक कक्षा सञ्चालन, स्थानीय धार्मिक स्थलहरूको सरसफाइ, आन्तरिक रुपमा विभिन्न खेलकुद र हाजिरी जवाफ प्रतियोगिता सञ्चालन गरेको थियो।

उक्त प्रतियोगितामा विजेता हुन सफल सशस्त्र प्रहरी कर्मचारीहरूलाई पदक तथा प्रमाणपत्र पनि प्रदान गरिएको थियो।

प्रकाशित: १८ चैत्र २०८० १८:५९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App