१६ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

अस्थायी बाटो इजाजत पत्र पटकेको भुक्तानी अब अनलाइनबाट

यातायात व्यवस्था सेवा कार्यालय सल्लाघारीले नलाइन पटके भुक्तानी सेवा सुरु गरेको छ। मंगलबार एक कार्यक्रमकाबीच बागमती प्रदेशका श्रम, रोजगार तथा यातायात मन्त्री लक्ष्मण लम्सालले सेवाको सुरु गरेका हुन्। 

सेवाको सुरुआत गर्दै मन्त्री लम्सालले पटके भुक्तानीबाट व्यवसायीहरू वर्षौँदेखिको अन्यौलता र अव्यवहारिक झन्झटमुक्त हुने बताए।

अनलाइन मार्फत भुक्तानी हुने भएपछि सेवाग्राहीहरूलाई सहज हुनेमा विश्वास व्यक्त गर्दै मन्त्री लम्सालले अस्थायी बाटो इजाजत पटके भुक्तानीका लागि सेवाग्राही जुनसुकै जटिल अवस्थामा पनि यातायात व्यवस्था कार्यालय पुग्नु पर्ने अवस्थाको अन्त्य भएको बताए।

घरमै बसेर सेवाग्राहीले अस्थायी बाटो इजाजत पटकेका लागि फारम भर्ने र कर तिर्ने व्यवस्था मिलाइएको उनले बताए।

अनलाइन प्रणाली मार्फत सेवाग्राहीले आफ्नो अनुकूल अस्थायी बाटो इजाजत पटके लिन विवरण भरेर अनलाइनबाटै राजस्व तिर्न सक्नेछन् र सो बापतको बिल मोबाइलमा देखाएर यात्रा गर्न सक्नेछन्। यातायात व्यवस्था कार्यालयबाट हाल प्रवाह भइरहेको अस्थायी पटके इजाजत सेवालाई मन्त्रालयले विकास गरेको यातायात व्यवस्थापन सूचना प्रणाली ९टीएमआईएस० मार्फत जारी हुने यातायात व्यवस्था सेवा कार्यालयले जनाएको छ।

प्रकाशित: १३ चैत्र २०८० १९:५३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App