८ जेष्ठ २०८१ मंगलबार
image/svg+xml
समाज

भारतमा छोरी हराएको भन्दै मेयर हमालले गरे खोजिदिन आग्रह

कैलालीको धनगढी उपमहानगरपालिकाका मेयर गोपी हमालले आफ्नो छोरी भारतमा हराएको भन्दै खोजी कार्यमा सहयोग गरिदिन आग्रह गरेका छन्।

मंगलबार सामाजिक सञ्जालमा लेख्दै हमालले ओशो साधक रहेकी आफ्नी जेठी छोरी आरती भारतको गोवामा हराएको र खोजी कार्यमा सहयोग गरिदिन आग्रह गरेका हुन्। 

उनले लेखेका छन्, 'मेरी जेठी छोरी आरती ओशो साधक हुन्। उनी केही महिनादेखि ओशो ध्यान गर्न गोवामा बस्दै आएकी थिइन्। हिजोदेखि जोरबा वाइब आस्बिन ब्रिजबाट सम्पर्कविहीन भएको उनको साथीबाट खबर आएकाले गोवा बस्नुहुने शुभचिन्तक दाजुभाइ दिदीबहिनीहरूले खोजी कार्यमा सहयोग गरिदिन हुन विनम्र अपिल गर्दछु।'

उनले आफ्नी कान्छी छोरी आर्जु र ज्वाइँ आरतीको खोजी गर्न गोवा पुग्दै गरेको पनि बताएका छन्।

प्रकाशित: १३ चैत्र २०८० १७:३५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App