१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

खुल्यो कर्णाली पुल

आगलागीका कारण बन्द भएको कर्णालीको पुल आजदेखि खुलेको छ। आगलागीबाट भएको क्षतिको परीक्षणपछि पुल आजदेखि खुलेको हो।

नेपालगञ्जस्थित सडक डिभिजन कार्यालय इन्जिनियर नीरज शाक्यले भने, ‘पुलको अवस्थाका बारेमा हामीले स्थलगत परीक्षणपछि विज्ञसँग छलफल गर्दा त्यसबाट आवागमन गर्न  कुनै समस्या नहुने भएकाले आजदेखि यातायातका साधन सञ्चालनको अनुमति दिएका छौँ,’।

गत सोमबार पुलमा आगो लागेको थियो। पुलमा गुडीरहेको ट्रकमा लागेको आगो पुलका १४ वटा सहारा लट्ठामा लाग्दा केही क्षति भएको थियो। विज्ञ टोलीले पुलको स्थलगत निरीक्षण गरेको थियो। रासस

प्रकाशित: ५ चैत्र २०८० १०:५९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App