२१ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

रामेछापका १२ घरमा आगलागी, करोडौँको क्षति

रामेछापको रामेछाप नगरपालिका–९ मा बिहीबार भएको आगलागी बाट एक करोड ८६ लाख ३१ बरावरको क्षति भएको छ। 

आगलागीबाट पूर्णबहादुर नेवार, धनमाया श्रेष्ठ, रमेश श्रेष्ठ, उत्तरकुमारी श्रेष्ठ, सीताराम नेवार, मीनबहादुर नेवार, मानकुमारी नेवार, बमबहादुर श्रेष्ठका घर जलेर पूर्ण रुपमा क्षति भएको हो।  

जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी नायब उपरीक्षक होमबहादुर पराजुलीका अनुसार शुक्रबार स्थलगत रुपमा अनुगमन गरी क्षति विवरण सङ्कलन गरिएको हो।

आगलागीले कच्ची घरसहित लत्ताकपडा, अन्नपात, भाँडा वर्तन, नगद र सुनका गहनालगायत क्षति भएको प्रहरीले जनाएको छ। बिहीबार सामुदायिक वनमा लागेको डढेलो बस्ती छिरेपछि आगलागीमा परी १२ घर जलेको थियो।

प्रकाशित: ३ चैत्र २०८० १५:५६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App