७ जेष्ठ २०८१ सोमबार
image/svg+xml
समाज

शेर्पा समुदायले मनाउँदैछन् आज ग्याल्पो ल्होसार

आज ग्याल्पो ल्होसार, शेर्पा सुमदाय हर्षोल्लासका साथ मनाउँदै छन्। प्रत्येक वर्ष फागुन शुक्ल प्रतिपदाका दिन शेर्पा समुदायले मनाउने सांस्कृतिक पर्वको रुपमा यस पर्वलाई लिने गरिन्छ।

नयाँ वर्षका रूपमा शेर्पा समुदायले मनाइने यस पर्वमा मुसा, गाई, बाघ, खरायो, ड्रागन (मेघ), सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र बराह गरी १२ वर्गमा विभाजन गरिएको हुन्छ। बराह वर्ष पूरा भई आजदेखि मुसा वर्ष सुरु हुँदैछ।

ग्याल्पो ल्होसार फागुन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म विविध कार्यक्रम आयोजना गरी भव्य रूपमा मनाइन्छ। ग्याल्पो ल्होसार भोटका नवौं राजा उदे गुङ्ग्यालका पालादेखि वसन्त पर्वका नामले मनाउन सुरु गरिएको हो। समयक्रममा ग्याल्पो ल्होसार नामकरण भएको जानकारहरू बताउँछन्।

सरकारले ग्याल्पो ल्होसारको अवसरमा आज सार्वजनिक विदा दिएको छ।

प्रकाशित: २८ फाल्गुन २०८० ०६:५० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App