१२ असार २०८१ बुधबार
image/svg+xml
समाज

विभेदविरुद्ध ‘सञ्जाल विद्रोह’

नवलपरासीस्थित सुनवलकी २३ वर्षीय रञ्जना कामी सामाजिक सञ्जालमा चर्चित नाम हो। टिकटक, फेसबुकजस्ता सामाजिक सञ्जालमार्फत कामीले तीन वर्षदेखि जातीय एवम् लैंगिक विभेदविरुद्ध विभिन्न मुद्दामा बोल्ने र लेख्ने गरिरहेकी छन्।

उनले सञ्जाललाई विभेदविरुद्ध बोल्ने मञ्चका रूपमा प्रयोग गर्दै आएकी छन्। ‘जातीय विभेदविरुद्ध बोल्नकै लागि टिकटक आइडी खोलेकी हुँ,’ कामीले भनेकी छन्।

उनको टिकटकमा ९२ हजार बढी फलोअर छन् भने फेसबुकमा २४ हजार फलोअर छन्।

खास नाम रञ्जना विक भए पनि कामी थरबाट परिचित बनेकी उनले ‘कामी’ थरबाटै आफू र दलित समुदायलाई समाजमा सम्मानित रूपमा हेर्न चाहेको बताइन्। ‘अवस्थामा समस्या छ, जातमा होइन’ उनको भनाइ छ। 

यो पनि पढ्नुहोस्

नारी दिवस विशेष: प्रजातन्त्रकालका प्रेरक युवा महिला

प्रकाशित: २५ फाल्गुन २०८० १२:५५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App