२६ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

काठमाडौंलाई अग्र्यानिक खुवाउँदै निमा छोडेन

डोल्पाकी निमा छोडेन रोकाया काठमाडौंवासीलाई अहिले अर्गानिक खानेकुरा खुवाइरहेकी छिन्। स्नातक तेस्रो वर्षमा अध्ययनरत रोकायाले एक वर्षदेखि डोल्पाको अर्गानिक खानेकुरा काठमाडौंमा खुवाउँदै आएकी छिन्। 

प्रत्येक शनिबार दरबारमार्गको ओरेट क्याफे पुग्ने २२ वर्षीय रोकायाले त्यहाँ डोल्पाको स्थानीय उत्पादन ग्राहकलाई बिक्री गर्ने गरेकी छन्। 

ओरेट क्याफेमा जस्तै प्रत्येक शनिबार पुलचोकको लाबिम महलमा पनि उनी पुग्छिन्। र, डोल्पाको अर्गानिक तेल, दाल, सिलाजित, यार्सागुम्बासहितका सामग्री बिक्री गर्छिन्। ‘डोल्पाबाट बाबुआमाले सामान पठाउनुहुन्छ,’ उनले भनिन्, ‘कहिले गाडीमा त कहिले प्लेनमा सामान ल्याउने गरेको छु। साह्रै गाह्रो छ।’  

डोल्पाबाट सामग्री काठमाडौं ल्याउँदा ढुवानी खर्च धेरै लाग्ने गुनासो गर्दै उनले भनिन्, ‘वयस्कमाझ डोल्पाको अर्गानिक सामान लोकप्रिय छ। मागअनुसार सामानको जोहो गर्न कठिन छ। 

तर, गरे जे पनि सम्भव छ भन्ने आत्मविश्वास बढाएको छ।’ उनको यो काममा बहिनीले पनि सघाएकी छन्। डोल्पाकै अर्गानिक सामान बेचर रोकायाले महिनाको ६० हजारदेखि एक लाखसम्म कमाउने गर्छिन्।

यो पनि पढ्नुहोस्

नारी दिवस विशेष: प्रजातन्त्रकालका प्रेरक युवा महिला

प्रकाशित: २५ फाल्गुन २०८० १०:२६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App