१ आश्विन २०८१ मंगलबार
image/svg+xml
समाज

स्कुटीसहित खोलामा एक पुरुष मृत अवस्थामा फेला

भक्तपुरको मध्यपुर ठिमी नगरपालिका ९ राधेराधेस्थित हनुमन्ते खोलामा एकजना पुरुष स्कुटीसहित मृत अवस्थामा फेला परेका छन्। इलामको इलाम नगरपालिका ३ घर भई काठमाडौं कोटेश्वर तीनकुने बस्ने छत्र थापा मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।  

खोलाको बीचमा बा. ८६ प. ९७३० नम्बरको स्कुटीसहित उत्तानो अवस्थामा मृत फेला परेको जिल्ला प्रहरीपरिसर भक्तपुरले जनाएको छ।

खबर प्राप्त हुनसाथ प्रहरी वृत्त ठिमी भक्तपुरबाट अनुसन्धान अधिकृतसहितको टोली खटिएको परिसरका सूचना अधिकृत वसन्त पाठकले बताए। प्रहरीका अनुसार शव पोस्टमार्टमका लागि केएमसी अस्पताल दुवाकोट भक्तपुर लगिएको छ।

प्रकाशित: २१ फाल्गुन २०८० ११:४९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App