९ मंसिर २०८१ आइतबार
image/svg+xml
समाज

मेयर बालेनविरुद्धको आन्दोलन थप सशक्त बनाउने कवाडी व्यवसायीहरुको चेतावनी

काठमाडौं उपत्यकाका कवाडी व्यवसायीहरुले बिरोध प्रदर्शन गरेका छन्।

काठमाडौं महानगरपालिकाको मातहतमा रहेका वडा कार्यालयहरुले कवाडी हटाउने आदेश भन्दै कवाड व्यवसायीलाई ७ देखि ३५ दिनको म्याद तोकी निर्देशनात्मक अनुरोध भनि पत्र पठाएसँगै व्यवसायीहरुले बिरोध प्रदर्शन शुरु गरेका हुन्।

आईतवार उनीहरुले बुद्धनगरमा बिरोध प्रदर्शन गरेका छन्। उनीहरुले न्युन आर्थिक अवस्थाका लाखौँ नागरिकको रोजीरोटी खोसिने भन्दै निर्णय फिर्ता लिन आग्रह गरेका छन्। सरकारले सरसफाईका लागि लगानी गर्नुको साटो कवाड पेशाकर्मी तथा व्यवसायीले राज्यलाई तिरो तिरेर व्यवसाय चलाइरहँदा समेत बिस्थापित बनाउन खोजेको आरोप लगाए। आईतवार कवाडी समुदायको जुलुस शंखमुलदेखि त्रिपुरेश्वर, सुन्धारा हुँदै प्रदर्शनीमार्ग काठमाडौं पुगेर बिरोध सभामा परिणत भएको छ।

संविधान, श्रम तथा रोजगारीको हक अधिकार, मानव अधिकार लगायत मूल्य र मान्यता विपरित उचित व्यवस्थापन बिना महानगरले कवाड हटाउने निर्णय गरेकोमा उक्त निर्णय फिर्ता नलिएसम्म आन्दोलन नरोक्ने उनीहरुको चेतावनी छ। आन्दोलनका क्रममा बोल्दै नेपाल राष्ट्रिय कवाडी व्यापारी व्यवसायी संघका अध्यक्ष सरोज श्रेष्ठले आजको र्‍याली काठमाडौं महानगरपालिकाले व्यवसायलाई राज्यको कानून विपरित दमनकारी कार्यक्रम ल्याएकाले आन्दोलन गर्नुपरेको बताए।

महानग्रले कवाडी पेशालाई अध्ययन नै नगरी गलत ढंगले व्याख्या गरी व्यवसायीलाई लखेटेको बताए। उनले यथाशिघ्र संवाद गरी व्यवसाय व्यवस्थित नगरे आन्दोलन झनै सशक्त रुपमा अघि बढाउने चेतावनी दिए। त्यस्तै आन्दोलनमा सहभागी सञ्जय साहले महानगर पम्रख बालेन्द्र साहले कवाडी व्यवसायीलाई तल्लो वर्गको सोचेर भेट्न नदिएको आरोप लगाए। मेयरले लाखौँ युवाको रोजगार खोस्ने अधिकार नरहेको जिकिर गरे। 

प्रकाशित: २० फाल्गुन २०८० १७:५५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App