१९ असार २०८१ बुधबार
image/svg+xml
समाज

आगलागी हुँदा १ जनाको मृत्यु

सुनसरीको इटहरीमा आगलागीमा परी एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा इटहरी–६ का ५२ वर्षीया गोपीमाया कटुवाल रहेको सुनसरीका प्रहरी नायब उपरीक्षक नवीनकृष्ण भण्डारीले जानकारी दिए। स्थानीय विष्णु खड्काको घरमा गयराति भएको आगलागीमा कटुवालको मृत्यु भएको प्रहरीले जनाएको छ।

कटुवाल छोरा–बुहारीसँग डेरामा बस्दै आएकी थिइन्। कटुवालले आफैँले आगो लगाएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ। कटुवाल पहिलेदेखिनै डिप्रेसन (मानसिक चिन्ता)सम्बन्धी औषधि सेवन गर्दै आएको र कोठामा एक्लै सुतेका बेलामा भित्रबाट कोठा बन्द रहेको जनाइएको छ।

घटनाका विषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ। रासस 

प्रकाशित: २० फाल्गुन २०८० ०९:४७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App