५ जेष्ठ २०८१ शनिबार
image/svg+xml
समाज

लागूऔषधसहित ८ पक्राउ

गाँजासहित पक्राउ परेकालाई सार्वजनिक गर्दै प्रहरी।

मकवानपुर प्रहरीले जिल्लाको छुट्टाछुट्टै स्थानबाट विभिन्न परिमाणको अवैध लागूऔषधसहित ८ जनालाई पक्रेको छ। चार स्थानबाट लागूऔषध चरेश र गाँजासहित ८ जना पक्राउ परेका हुन्।

पूर्वपश्चिम राजमार्ग अन्तर्गत हेटौंडाबाट बीरगञ्जतर्फ जाँदै गरेको बा.३ ख ८३८२ नम्बरको बसबाट साढे ४२ किलो गाँजासहित ४ जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा चितवनको कालिका नगरपालिका ११ का ३२ वर्षीय दिनेश चेपाङ, २२ वर्षका प्रशान्त प्रजा, ४१ वर्षका रेशम प्रजा र ४१ कै दीपलाल प्रजा रहेका छन्। उनीहरुले बोकेको झोलाबाट ४२ किलो ५०० ग्राम गाँजा फेला परेको प्रहरीले जनाएको छ।

यस्तै भीमफेदी गाउँपालिका २ भैंसे चेकपोष्टबाट ४५ किलो ६० ग्राम लागूऔषध चरेशसहित दुईजना पक्राउ परेका छन्। भीमफेदीबाट हेटौंडातर्फ आउँदै गरेको ना.४ ख ६०९१ नम्बरको बसमा आएका भीमफेदी १ का ३० वर्षीय नवराज तामाङ र थाहा नगरपालिका ८ का ३० वर्षीय बिमल स्याङ्तानको साथबाट चरेश फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए।

प्रहरीले भैंसे चेकपोष्टबाटै ५ किलो एकसय ग्राम गाँजासहित कैलाश गाउँपालिका १ का ५२ वर्षीय चन्द्रबहादुर घलानलाई पक्रेको छ। शंकाको आधारमा झोला खानतलासी गर्दा गाँजा फेला परेको प्रहरीले जनाएको छ। रातोमाटे प्रहरी चौकीले १२ किलो गाँजासहित चितवनको खैरेनी नगरपालिका ६ घर भई हाल: मकवानपुरको मनहरी ६ बस्दै आएकी ३५ वर्षीया शिरपती चौधरीलाई पक्रेको छ।

हेटौंडाबाट वीरगञ्जतर्फ जाँदै गरेको ना ७ ख ६०७६ नम्बरको बसमा आएकी उनलाई शंकको आधारमा झोला खानतलासी गर्दा गाँजा फेला डीएसपी भण्डारीले बताए। मकवानपुर लागूऔषध गाँजा तथा चरेश उत्पादन, ओसारपसार एवम् सेवनमा नाम कहलिएको जिल्ला हो। पक्राउ परेका आठैजनालाई जिल्ला अदालतबाट म्याद थप गरेर आवश्यक अनुसन्धान एवम् कारबाही प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ। मकवानपुरमा दैनिकजसो लागूऔषध सहित मानिस पक्राउ पर्ने क्रम बढेको छ।  

प्रकाशित: १६ फाल्गुन २०८० १९:२९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App