१० जेष्ठ २०८१ बिहीबार
image/svg+xml
समाज

मिटरब्याज पीडित भन्छन्: न्याय नपाएसम्म आन्दोलन रोकिँदैन, गोली खानुपरे पनि तयार छौँ

सरकारले मिटरब्याजी पीडितको माग सम्बोधन नगरेसम्म सडक आन्दोलन नरोक्ने बताएका छन्।

आइतबार काठमाडौँमा प्रदर्शनका क्रममा पीडितहरूले सरकारको गोली खानुपरे पनि आफूहरू तयार रहेको भन्दै माग सम्बोधन नभएसम्म धर्ना जारी राख्ने बताएका हुन्।

उनीहरुले सरकारले साहुजीहरूको तमसुक खारेज र बैंकका धितो फिर्ता नगरेसम्म आन्दोलन नरोकिने जिकिर गरे। पीडितहरूले एक लाख ऋण लिँदा मिटरब्याजीले चार गुणा बढाएर तमसुक बनाएर अदालतमा मुद्दा दायर गरेर घरजग्गा रोक्दा गरेको गुनासो गरे। पीडितहरूले साहुको ऋण तिर्न लघुवित्तबाट ऋण लिँदा अझ बढी मर्कामा परेको पनि बताए। उनीहरुले लघुवित्तले पनि दुई लाख ऋण लिँदा ३ वर्षमा बढेर ८ लाख भएको भन्दै ऋण तिर्न टर्चर दिएको गुनासो गरे।

रौतहटबाट २३ दिन पैदल यात्रा गरेर काठमाडौं आएका सकिम रहिम रायहीमले सरकारले न्याय नदिएसम्म घर नफर्किने योजना रहेको सुनाए। उनले घर फर्कँदा साहुले घरजग्गा रोक्का गरिदिएर सडकको बास रहेको बताए। रहिमले सरकारले तत्काल मिटरब्याजी साहुको १ लाख ऋण लिएको तमसुकमा ४ लाख तमसुक खारेज गर्ने माग रहेको बताए। उनले एक लाख लिएको मिटरब्याजीले चार गुणासम्म बढाएको बताए। उनले सरकारले पीडितको माग सम्बोधन गर्ने विश्वास रहेको भन्दै न्याय पाउने आशाले काठमाडौं आएको बताए। उनले पीडितहरू न्याय नपाए मर्न पनि तयार रहेको बताए।

उनले भने,‘ एक लाख लिएको मिटरब्याजीले चार गुणा बनायो। एक लाख लिएको तमसुकमा ४ लाख बनायो। ४ लाख बराबरको अदालतमा मुद्दा हालेको छ। घरजग्गा सबै अदालतले रोक्का गरेको छ। साहुको ऋण्ढा तिर्न लघुवित्तबाट ऋण लिएको महिलाले त्यसमा पनि पीडित बनायो। लघुवित्तको एक लाख तिरेको छु। तर सबै बाँकी छ भनिरहेको छ। लघुवित्त र साहु महाजनको ऋण बढी रहेको छ। समस्या समाधानको सरकारसँग माग गरिरहेका छौँ। समाधान हुने विश्वास छ। सरकारले कति दिनमा न्याय दिने उसैको हातमा छ। माग सम्बोधन नभएसम्म कोही पनि जाँदैन। पीडितहरू मर्न पनि तयार छ।’

अर्का मिटरब्याजी पीडित परेखी महत्तोले १ लाख १५ हजार ऋण लिएको महाजनबाट त्यसमा ८ लाखको तमसुक बनाएर जग्गा सम्पत्ति रोक्का गरिदिँदा समस्यामा परेको बताए। उनले सम्पत्ति बेचेर ऋण तिर्न समेत नपाएको बताए। उनले आन्दोलनमा आउँदा मकवानपुरमा कुटपिटमा समेत परेको बताए। उनले सरकारबाट न्याय नपाएसम्म काठमाडौँको सडकमा नै बस्ने बताए। उनले घरमा बसे पनि सडकमा मर्ने अवस्था रहेको भन्दै न्यायको लागि सडकमा नै मर्न तयार रहेको बताए। उनले न्याय नपाएसम्म आन्दोलन नरोक्ने चेतावनी दिए। 

उनले भने,‘१ लाख १५ हजार ऋण लिएको महाजनबाट त्यसमा ८ लाखको तमसुक बनाएर जग्गा सम्पत्ति रोक्का गरिदियो। बेच्न पनि पाउँदैन। अवस्था गम्भीर भयो। आन्दोलनमा समेत आउँदा मकवानपुरमा आउँदा कुटपिट समेत गर्ने काम भयो। म त्यो पनि पीडित हो। भरतपुर अस्पतालमा भर्ना भएर पीडित भएर आएको हो। सरकारबाट न्याय नपाएसम्म काठमाडौँको सडकमा नै बस्छौँ। घरमा बसे पनि सडकमा मर्ने हो यहाँ पनि सडकमा नै मर्न तयार छौँ। न्याय नपाएसम्म आन्दोलन रोकिँदैन।’

त्यस्तै,महोत्तरीबाट आएकी अर्की मिटरब्याजी पीडित गौरीमाया बराइलीले मिटरब्याजी मात्रै नभएर लघुवित्त र बैङ्कले दिएको दबाब बढिरहेको बताइन्। उनले बैङ्कबाट लिएको ३ लाख ऋणको तीन वर्षमा ८ लाख पुगेको भन्दै बैङ्कले कि घर खाली गर नभएर चाँबी लगाउने चेतावनी दिएकाले आन्दोलनमा आएको बताइन्। उनले घरजग्गा बैंकका भएकाले ऋण तिर्न सक्ने अवस्था नभएको बताइन्। ऋण तिर्न श्रीमान् पनि विगत लामो समयदेखि थलामा रहेको उनले बताइन्। उनले सरकारले धितो फिर्ता गरी दिए न्याय पाउने आशाले काठमाडौं आएको बताइन्।

उनले भनिन्,‘लघुवित्तबाट ऋण लिएको थिए। बैंकमा धितो छ। बैङ्कले घर खाली गर नभएर चाबी लगाइदिन्छु। नभए पैसा तिर। ऋण लिएको ३ लाखमा ५० हजार धरौटी राखेर २ लाख ५० हजार लिएको हो। तीन वर्षमा ८ लाख भयो। तिर्नेकी घरमा चाँबी लगायौँ। घरजग्गा बैंकमा छ फिर्ता गर्न माग गर्दा सरकारले सुन्दैन। माग पूरा भएपछि मात्रै फर्कने योजना छ। मरे पनि सरकारले होली हाने पनि सडकमा आन्दोलन गर्न सकेका छौ।’

प्रकाशित: १३ फाल्गुन २०८० १८:३६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App