२० वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

झापाबाट मोटरसाइकल चोरी, ताप्लेजुङमा बरामद, युवक पाँचथरबाट पक्राउ

झापाका विभिन्न स्थानबाट चोरी गरी ताप्लेजुङ ल्याइपुर्‍याएका ७ थान मोटरसाइकल सहित प्रहरीले एक युवकलाई नियन्त्रणमा लिएको छ।

मोटरसाइकल चोरीमा संलग्न मोरङ मिक्लाजुङ गाउँपालिका वडा नं-६ घर भई हाल झापा बिर्तामोड बस्ने २७ वर्षीय योगेश मगर भनिने बालकुमार मगरलाई प्रहरीले नियन्त्रणमा लिएको हो।

जिल्ला प्रहरी कार्यालय झापाको टोलीले ताप्लेजुङ प्रहरीसँगको समन्वयमा मगरलाई पाँचथरको हिलिहाङ गाउँपालिका वडा नं-५ बाट पक्राउ गरेकाे ताप्लेजुङ प्रहरी प्रमुख (डिएसपी) राजन लिम्बूले जानकारी दिए।

उनका अनुसार ७ थान मोटरसाइकल फेला पारी झापातर्फ लगिएको छ। उक्त मोटरसाइकल फुङलिङ नगरपालिका क्षेत्र सहित मेरिङदेन गाउँपालिकाको थुकिमा, लिङतेप र नाल्बु क्षेत्रबाट फेला परेको थियो।

प्रकाशित: १३ फाल्गुन २०८० १४:५७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App