२५ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

वीरगन्जमा पूर्ण रुपमा हट्यो कर्फ्यु

वीरगन्जमा जारी कर्फ्यु पूर्ण रूपमा हटाइएको छ। जिल्ला प्रशासन कार्यालय पर्साले बुधबार बेलुका सूचना जारी गर्दै स्थित सामान्य हुँदै गएकाले कर्फ्यु आदेश पूर्ण रुपले हटाइएको जनाएको हो।

जिल्ला प्रशासन कार्यालय पर्साद्वारा जारी सूचनामा हाल स्थित सामान्य हुँदै गएकाले जारी भएको कर्फ्यु आदेश स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (क) को उपदफा (५) बमोजिम बुधबार बेलुका १० बजे देखि लागु हुने गरि पूर्ण रुपले हटाइएको उल्लेख छ।

यसअघि मङ्गलबार राति बसेको जिल्ला सुरक्षा समितिको बैठकले भने बुधबार बिहान ६ बजेदेखि बिहान ११ बजेसम्मका लागि मात्र कर्फ्यु खुल्ला गरिने र बिहान ११ बजेपछि पुनः कर्फ्युलाई यथावत् राख्ने निर्णय गरेको थियो।

तर, आज बिहान १० बजे फेरि बसेको जिल्ला सुरक्षा समितिको बैठकले भने अवस्था सामान्य बन्दै गएको देखेपछि बुधबार बिहान ११ बजेदेखि राति १० बजेसम्मका लागि कर्फ्यु हटाउने निर्णय गरेको थियो।

रौतहटको ईशनाथ नगरपालिकामा बिहीबार दुई पक्षबिच भएको विवाद र झडपको विषयलाई लिएर सोमबार वीरगन्जमा पनि विरोध प्रदर्शन भएको थियो।

प्रदर्शन र जुलुसका क्रममा विवाद र झडपको स्थिति उत्पन्न भएपछि स्थितिलाई नियन्त्रणमा लिन र सर्वसाधारणको सुरक्षालाई मध्यनजर गर्दै कर्फ्यु आदेश जारी गरिएको थियो।

प्रकाशित: ९ फाल्गुन २०८० २३:१२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App