११ पुस २०८२ शुक्रबार
image/svg+xml
समाज

नवलपुरमा पाटेबाघ मृत फेला

फाइल।

नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को मध्य विन्दुमा आज पाटेबाघ मृत फेला परेको छ। मध्यविन्दु–१० अरुणखोलास्थित भूपू तमासपुर जाने बाटो नजिकैको वनमा भाले पाटेबाघ मृत फेला परेको हो।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक बेदबहादुर पौडेलले प्रहरी र डिभिजन वन कार्यालय कावासोतीको टोलीले  घटनाबारे अनुसन्धान गरिरहेको छ। ‘करिब १० देखि १५ दिन अगाडि पाटेबाघ मरेको अनुसन्धानबाट खुलेको छ’, उनले भने।

डिभिजन वन कार्यालयका वन अधिकृत अर्जुन सापकोटाले सो घटनाको अध्ययन गर्न पशु चिकित्सकसहितको टोली खटिएको जानकारी दिए।

प्रकाशित: ४ फाल्गुन २०८० १८:०६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App